नेपालमा यामाहा एफजेड-एस एफआई सार्वजनिक,यस्तो छ मूल्य
काठमाडौँ । नेपालको मोटरसाइकल बजारमा आधुनिक प्रविधि भित्र्याउँदै यामाहा एफजेड-एसएफ आई हाइब्रिड आधिकारिक रुपमा सार्वजनिक गरिएको छ । सन् २०२६ मार्च २० मा एमएडब्लु राइडद्धारा लन्च गरिएको यो बाइक यामाहाको नेपालमा पहिलो हाइब्रिड मोटरसाइकल हो । यसले विशेष गरी इन्धन दक्षता ,स्मार्ट फिचर र सहज राइड अनुभवलाई प्राथमिकता दिएको छ भने यसले गर्दा यो बाइक शहरी प्रयोगकर्तामाझ आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको बताइएको छ ।

१४९ सीसीको फ्युल–इन्जेक्टेड इन्जिन र हाइब्रिड प्रविधिसँग आएको यो बाइकमा स्मार्ट मोटर जेनेरेटर (एसएमजी) प्रयोग गरिएको छ भने जसले साइलेंट स्टार्ट र राम्रो एक्सेलेरेसन प्रदान गर्छ ।
कम्पनीका अनुसार यस बाइकमा ४.२ इन्चको टिएफटी डिस्प्ले,ब्लुतुथ कनेक्टिभीटि र नेभीगेसन जस्ता आधुनिक सुविधाहरु उपलब्ध हुनुका साथै यसले राइडिंग अनुभवलाई अझ सहज र स्मार्ट बनाउँछ । त्यस्तै गरी ट्रयाक्सन कन्ट्रोल सिस्टम जस्तो सुरक्षा फिचरले यसलाई १५० सीसी सेग्मेन्टका प्रविधियुक्त बाइकहरुमध्ये एक बनाएको बताइएको छ । यसको मूल्य नेपालमा रु.४ लाख ८९ हजार ९०० रहेको छ र यसलाई प्रिमियम कम्प्युटर मोटरसकइकलको रुपमा राखिएको जनाइएको छ ।
यामाहा एफजेड-एस एफ आई हाईब्रिडमा १४९ एयर कुल्ड,सिंगल सिलिन्डर इन्जिन रहेको छ भने जसले करिब १२.२ बीएचपी पावर र १३.३ एनएम टर्क उत्पादन गर्नुको साथै यसले स्मूथ,कम भाइब्रेुशन भएको राइड प्रदान गर्छ र सहरको ट्राफिक तथा सामान्य हाइवेमा राम्रो प्रदर्शन गर्ने कम्पनीले बताएको छ । यसको लीनियर पावर डेलिभरीले एक्सेलेरेसनलाई सजिलो र नियन्त्रण गर्न सकिने बनाउने जनाइएको छ ।

यस बाइकको मुख्य विशेषता भनेको स्मार्ट मोटर जेनेरेटर (एसएमजी) हो । यसले एक्सेलेरेसनको बेला हल्का इलेक्ट्रिक सहयोग प्रदान गर्नुका साथै यसले गर्दा बाइकको पिकअप अझ स्मूथ हुन्छ र विशेषगरी ट्राफिकमा बारम्बार रोकिनु चल्नु पर्ने अवस्थाहरुमा राम्रो प्रदर्शन देखाउँछ भने यसले इन्धन खपत कम गर्न पनि मद्धत पुर्याउने बताइएको छ । कम्पनीका अनुसार नेपालको सडक अवस्थाअनुसार यस बाइकले प्रतिलिटर लिटर करिब ४५ देखि ५५ किलोमिटर सम्म माइलेज दिन सक्छ र ७५ देखि ८५ किलोमिटर/घण्टाको गतिमा आरामसँग क्रुज गर्न सक्छ । त्यस्तै गरी उकालोमा पिलियनसहित अलि कम शक्तिशालि महसुस हुन सक्ने जनाइएको छ ।
यस यामाहा एफजेड-एसएफ आईमा स्टार्ट एण्ड स्टप सिस्टम (एसएसएस) पनि रहनुका साथै यसले बाइक रोकिने बित्तिकै इन्जिन स्वतःबन्द गरेर इन्धन बचत गर्छ र क्लज तान्दा तुरुन्तै पुनःसुरु हुन्छ । त्यस्तै गरी ट्रयाकसन कन्ट्रोल सिस्टम (टिसीएस) ले चिप्लो वा असहज सडकमा पांग्रा स्लिप हुन नदिई राइडरलाई राम्रो नियन्त्रण दिन्छ भने यी सुविधाहरुले यस बाइकलाई दैनिक प्रयोगका लागि सुरक्षित ,सस्तो र स्मार्ट विकल्प बनाएका कम्पनीको विश्वास रहेको छ ।

सम्बन्धित समाचार
कस्तो रहला आजको मौसम ?
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
चेरी वान्डाका ईभी भ्यान, बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा
“एट्टो सिरिज” को न्यु जेनेरेसन नेपालमा, बीवाईडीले नाइमा एक्सपोमा सार्वजनिक गर्यो अपडेट मोडल
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



