Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, बैशाख, १
अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?

काठमाडौँ । अण्डा उत्पादन घट्दै र बजारमा माग बढ्दै गएपछि अण्डाको मूल्य पुनः वृद्धि गरिएको छ । लेयर्स कुखुरापालन संघले आजदेखि लागू  हुनेगरी नयाँ फार्म निर्धारण गरेको हो ।

नयाँ दरअनुसार ठुलो अण्डाको मूल्य प्रतिक्रेट ४६५ रुपैँया पुगेको छ भने जुन पहिले भन्दा १५ रुपैँयाले बढी हो। त्यस्तै मझौला अण्डाको मूल्य पनि बढेर ४१५ रुपैँया कायम गरिएको छ ।

संघका अनुसार कुखुरामा रोगको प्रभाव बढ्दो गर्मी र नयाँ वर्षका कारण बढेको पर्यटकिय गतिविधिले उत्पादन घटाएर माग बढाइएको छ। त्यस्तै गरी सीमामा कडाइका कारण बाहिरबाट अण्डा आयात घटेको छ।

किसानहरुले भने अझै लागत मूल्य नपाएको गुनासो गरेका छन्। उत्पादन लागत प्रतिक्रेट करिब ५७४ रुपैँया पर्ने मूल्य अझै बढ्ने अपेक्षा गरिएको छ।

Top Changing Nepal

युट्युब सट्स