Jankari Kendra
२५ श्रावण २०८३, सोमबार
Worldlink

देशभर मौसम बदली : पहाडमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, बैशाख, ६
देशभर मौसम बदली : पहाडमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । देशभर आज मौसममा आंशिकदेखि सामान्य बदली देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।

महाशाखा अनुसार, मधेश प्रदेशबाहेक अन्य सबै प्रदेशका पहाडी क्षेत्रमा छिटपुट वर्षा हुन सक्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने देखिएको छ, जसले दैनिक जनजीवनमा आंशिक प्रभाव पार्न सक्छ।

त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। यी क्षेत्रका बासिन्दालाई चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि सुझाव दिइएको छ।

हाल तराई क्षेत्रमा बिहानैदेखि आंशिक बदली देखिएको छ। दिनभर मौसम यस्तै रहने अनुमान गरिएको छ।

महाशाखाले मेघगर्जन र चट्याङको जोखिम हुने भएकाले खुला ठाउँमा अनावश्यक बस्न नहुने, सतर्क रहनु पर्ने र आवश्यक सुरक्षा उपाय अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Top Changing Nepal

युट्युब सट्स