Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

जन्ती बोकेको जिप हुँदा दुर्घटनामा चारको मृत्यु, १४ जना घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, बैशाख, ६
जन्ती बोकेको जिप हुँदा दुर्घटनामा चारको मृत्यु, १४ जना घाइते

काठमाडौं । सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-८ थाराबाट कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुरतिर जाँदै गरेको लु.प्र. ००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ साढे ५ बजे बनगाड कुपिण्डे-१२ धाइरेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा थाराकै वर्ष ५२ का टोपबहादुर थापा, ५२ वर्षकै ठगे घर्ती र २९ वर्षका कर्णबहादुर पुनको मृत्यु भएको हो। यस्तै दुर्घटनामा घाइते ३० वर्षीय मनबहादुर थापाको उपचारका क्रममा सुर्खेतको मेहलकुना अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका सबैलाई तत्काल उद्धार गरेर सुर्खेतको मेहलकुना अस्पताल लगिएको छ। घाइते १४ जनामध्ये ५ जनाको अवस्था गम्भीर रहनुका साथै  जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको  बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स