Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, बैशाख, ९
तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी

काठमाडौँ । नेपाल राष्ट्र बैँकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैँया निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैँकले १६८ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउने योजना बनाएको हो ।

यसका लागि आजै बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ । ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैँक तथा वित्तिय संस्थाहरुले मात्र सहभागिता जनाउन पाउनेछन् भने इच्छुक संस्थाहरुले दिउँसो ३ बजेसम्म अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।

निक्षेपको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ । प्रस्तावकहरुमध्ये कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै क्रमशः रकम बाँडफाँड गरिने व्यवस्था गरिएको छ ।

राष्ट्र बैँकका अनुसार संकलित रकमको साँवा र ब्याज आगामी असोज २१ गते भुक्तानी गरिनेछ । यसरी उठाइएको रकमलाई अनिवार्य मौज्दातमा गणना गर्न नपाइने भएपनि तरलता सम्बन्धी सूचकहरुमा भने समावेश गर्न सकिनेछ ।

naima expoTop Changing Nepal

युट्युब सट्स