Jankari Kendra
२५ श्रावण २०८३, सोमबार
Worldlink

आज हिमाल–पहाडमा बादल, तराईमा तातो लहरको सम्भावना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, बैशाख, १०
आज हिमाल–पहाडमा बादल, तराईमा तातो लहरको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण हिमाली र पहाडी क्षेत्रहरूमा बादल लाग्ने अवस्था रहेको छ भने तराई क्षेत्रमा मौसम प्रायः सफा रहने देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा तथा उच्च क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ। त्यस्तै, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका र खोँचहरूमा तापक्रम बढ्ने र गर्मी महसुस हुने अनुमान गरिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्न सक्ने चेतावनी दिइएको  छ।

आज रातिको अवस्थामा भने कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र बागमती, गण्डकी तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ। साथै, कोशी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स