बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव : देशभरका शाखाहरूमा सामाजिक अभियानहरू संचालन
काठमाडौं । बतास अर्गनाइजेशन र एमएडब्लु इन्टरप्राइजेजबीचको संयुक्त साझेदारी बतास एमएडब्लु कमर्सियल भेहिकल्स (बिएमसीभि) ले आफ्नो तेस्रो वार्षिकोत्सव नेपालभर विभिन्न अर्थपूर्ण कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम सञ्चालन गरेर मनाएको बताएको छ। तीन वर्षको सहकार्य र स्थिर वृद्धिलाई चित्रित गर्दै कम्पनीले समुदायलाई योगदान गर्ने र सामाजिक कल्याणमा सहयोग पुर्याउने लक्ष्यलाई प्राथमिकता दिएको जनाएको छ।
यस अवसरमा बिएमसीभि ले रक्तदान कार्यक्रम आयोजना गरेको थियो, जसमा कर्मचारी र स्वयंसेवकहरूको उत्साहजनक सहभागिता रहेको थियो। उक्त कार्यक्रममार्फत ५१ युनिट रगत संकलन गरिएको छ, जसले देशको स्वास्थ्य प्रणालीलाई सहयोग पुर्याउनुका साथै धेरैको ज्यान बचाउन मद्दत गर्ने विश्वास गरिएको जनाइएको छ। साथै, कम्पनीले निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो, जसबाट ८७ जना व्यक्तिहरू लाभान्वित भएका छन्।
व्यक्तिगत स्वास्थ्यबारे सचेतना बढाउने र कर्मचारी तथा स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यी शिविरहरूको आयोजना गरिएको थियो। पर्यावरणीय जिम्मेवारीतर्फ पनि बिएमसीभि ले विशेष ध्यान दिएको बताइएको छ। कम्पनीले देशभर रहेका आफ्ना १४ शाखामार्फत वृक्षारोपण कार्यक्रम सञ्चालन गर्नुका साथै यस पहलमार्फत दिगोपनको महत्त्व उजागर गर्दै भविष्यका पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माणमा योगदान गर्ने सन्देश दिएको कम्पनीले जनाएको छ। यसले वातावरणीय प्रभाव घटाउने र सकारात्मक परिवर्तन ल्याउने कम्पनीको प्रतिबद्धता पनि उजागर गर्ने बताइएको छ।
ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले बिएमसीभि ले मातातीर्थ वृद्धाश्रममा खाद्यान्न वितरण कार्यक्रम पनि आयोजना गरेको थियो। यस क्रममा कम्पनीको टोलीले आश्रममा बस्दै आउनुभएका ज्येष्ठ नागरिकहरूसँग समय बिताउँदै उहाँहरूसँगै भोजन गरेको थियो। यसले सामुदायिक सम्बन्धको महत्वलाई झल्काउँदै आपसी सद्भाव विस्तार गर्न सहयोग गरेको कम्पनीको विश्वास छ। वृद्धाश्रममा बसोबास गर्ने ज्येष्ठ नागरिकहरूलाई साथ, सहयोग र सहजता प्रदान गर्ने लक्ष्यसहित यो कार्यक्रम गरिएको थियो।
कम्पनीका अनुसार, आफ्नो तीन वर्षको यात्रा पूरा भएको असवरमा बिएमसीभिले व्यावसायिक विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई पनि सँगै अगाडि बढाउने प्रतिबद्धता दोहोर्याएको छ। यी कार्यक्रममार्फत कम्पनीले आफ्नो दृष्टिकोण केवल व्यापारिक सफलतामा सीमित नभई समाजमा सकारात्मक प्रभाव पार्ने दिशामा केन्द्रित रहेको स्पष्ट पारेको बताएको छ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
पल्सरको २५ वर्ष : नेपाली राइडरलाई आफ्नै कथा सुनाएर मोटरसाइकल जित्ने सुनौलो अवसर
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


