Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, बैशाख, १४
नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार

काठमाडौँ । नेप्से परिसूचकमा आज सुधार देखिएको छ । बजार ७.७३ अंकले बढ्दै २७९६.४३ विन्दुमा पुगेको हो । कारोबार पनि उत्साहजनक रह्यो भने जहाँ करिब ४ अर्ब ७३ करोड रुपैँया बराबरको सेयर किनबेच भएको छ । दिनभर ३५१ कम्पनीका कुल १ करोड ८ लाखभन्दा बढी कित्ता सेयर कारोबारमा आएका थिए । बजारमा लगानीकर्ताको चहलपहल बढेको देखिएको छ ।

उपसूचकतर्फ पनि हरियाली देखिएको छ । ८ वटा उपसूचक सकारात्मक बनेका छन् । वाणिज्य बैँक समूह ०.६८ प्रतिशत,विकास बैँक १.१४ प्रतिशत ,फाइनान्स ०.४२ प्रतिशत र होटल तथा पर्यटन समूह ०.९७ प्रतिशतले वृद्धि भएका छन्।

आजको कारोबारले बजारमा सकारात्मक मनोबल कायम भएको संकेत गरेको विश्लेषकहरुको भनाइ छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स