गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
काठमाडौँ । बढ्दो गर्मीलाई ध्यानमा राख्दै सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा नयाँ स्ट्यान्ड फ्यान सार्वजनिक गरेको छ । कम्पनीले मेरिडिया सिरिज अन्तर्गत नयाँ उच्च क्षमता भएको नयाँ मोडल सार्वजनिक गर्दै यो सेग्मेन्टमा मोडल संख्या तीन पुर्याएको बताएको छ ।
कम्पनीका अनुसार, नयाँ मोडल १८ इन्च साइजमा उपलब्ध छ र उच्च कार्यक्षमता दिने उद्धेश्यले डिजाइन गरिनुका साथै यसमा मजबुत र भरपर्दो मोटर प्रयोग गरिएको छ भने जसले लामो समयसम्म निरन्तर सञ्चालन गर्न सजिलो बनाउछ । १५५० आरपीएमको उच्च गति,पाँचवटा एल्मुनियम ब्लेड,चार स्पीड सेटिङ र फराकिलो ओसिलेसन जस्ता विशेषताले ठूलो कोठा वा हलमा पनि समान रुपमा हावा फैलाउने क्षमता दिनुका साथै मोटरमा दुई वर्षको वारेन्टी दिने जनाइएको छ ।
कम्पनीले प्रिमियम वर्गका लागि मेरिडिया सिरिज (३ सिरिज) उपलब्ध गराएको छ भने आम प्रयोगकर्ताका लागि किफायती स्ट्यान्ड फ्यानका ९ मोडल बजारमा ल्याएको बताएको छ । यी फ्यानहरु घरदेखि कार्यालयसम्म दैनिक प्रयोगका लागि उपयुक्त हुने र औद्योगिक प्रयोग वा ठुलो क्षेत्रका लागि उच्च क्षमतायुक्त (फर्राट) फ्यानका ३ मोडल पनि उपलब्ध रहेको जनाइएको छ ।
कम्पनीका अनुसार, अहिले बजारमा उपलब्ध यसको कुल १५ मोडलहरुले फरक फरक आवश्यकता पूरा गर्ने लक्ष्य राखेका छन् । उपभोक्ताले आफ्ना आवश्यकता र बजेटअनुसार सजिलै छनोट गर्न सक्ने बताइएको छ ।
उपलब्धताको हिसाबले देशभर रहेका २८ भन्दा बढी शोरुम,आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन प्लेटफर्ममार्फत ग्राहकले सजिलै यी उत्पादन खरिद गर्न सक्नेछन् । त्यस्तैगरी बिक्रिपछिको सेवामा पनि कम्पनीले ध्यान दिइनुका साथै जसका लागि ४० भन्दा बढी सेवा केन्द्रमार्फत प्राविधक सहयोग उपलब्ध गराउँदै आएको कम्पनीको दाबी छ ।
सम्बन्धित समाचार
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार

