Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ : बालेन शाह

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, बैशाख, १८
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ : बालेन शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै हरेक यात्रा समस्या निवारणको मार्गमा हुनुपर्ने बताएका छन् । शान्तिका अग्रदूत गौतम बुद्धको २५७० औं जन्मजयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले ज्ञानको उज्यालोले नै समस्याको समाधान गर्ने उल्लेख गरेका हुन् ।

शुभकामना सन्देशमा बुद्धका चार आर्य सत्यलाई उद्धृत गर्दै उनले लेखेका छन्, ‘बुद्धले भन्नुभयो– दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारण गर्ने मार्ग छ । बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो ।’

प्रधानमन्त्री शाहले उज्यालोको अभाव नै अँध्यारो भएको टिप्पणी गर्दै ज्ञानको खोजीमा जोड दिएका छन् । ‘जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ,’ उनले भनेका छन्, ‘हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।’

नेपाल बुद्धको जन्मले धन्य भएको उल्लेख गर्दै उनले नेपाल सदैव अहिंसा र शान्तिको पक्षमा रहेको स्पष्ट पारेका छन् । क्रान्ति र परिवर्तनका विषयमा आफ्नो धारणा राख्दै उनले थपेका छन्, ‘साँचो क्रान्ति ‘क’बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ र त्यो ‘ज्ञ’ ज्ञान हो ।

Top Changing Nepal

युट्युब सट्स