Jankari Kendra
२६ श्रावण २०८३, मंगलवार
Worldlink

नारायणगढ मुग्लिन सडकमा पहिरो, यातायात आंशिक अवरुद्ध

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, बैशाख, २०
नारायणगढ मुग्लिन सडकमा पहिरो, यातायात आंशिक अवरुद्ध

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रुपमा अवरुद्ध भएको छ ।

आज बिहान ५:४५ बजे पहिरो खसेपछि उक्त क्षेत्रमा एकतर्फी रुपमा मात्र सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार सडक खुलाउन डिभिजन सडक कार्यालय भरतपुरसँग समन्वय गरी डोजर मगाइएको छ ।

पहिरो खसेको स्थान मुग्लिनबाट करिब पाँच किलोमिटर नारायणगढतर्फ पर्छ ।

Top Changing Nepal

युट्युब सट्स