Jankari Kendra
२५ श्रावण २०८३, सोमबार
Worldlink

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, बैशाख, २७
२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ८५४ चालक ट्राफिक कारबाहीमा परेका छन् । कारबाहीबाट राज्यकोषमा रु चार लाख ४८ हजार राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने १२५, अवैध ‘राइड सेयरिङ’ गर्ने १६६, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १७९ तथा तीव्र गतिमा सवारी चलाउने १७१ चालक रहेका छन् । साथै लेन अनुशासन उल्लङ्घन, हर्न दुरुपयोग, फुटपाथ पार्किङ र एकतर्फी सडकमा सवारी चलाउनेहरूलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स