Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, बैशाख, २७
घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ । यस्तै महासंघका अनुसार आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स