Jankari Kendra
२६ श्रावण २०८३, मंगलवार
Worldlink

यस्तो छ आजको मौसम पुर्वानुमान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, जेष्ठ, ७
यस्तो छ आजको मौसम पुर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग ले देशमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको जनाएको छ । विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने र केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको छ ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

Top Changing Nepal

युट्युब सट्स