प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
काठमाडौं । नेपालको अग्रणी डिस्टिलरी कम्पनी, प्रिमियर डिस्टिलरी लिमिटेडले ८ पीक्स नामक नयाँ ब्राण्ड बजारमा औपचारिक रुपमा सार्वजनिक गरेको छ । द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड मंक लेजेन्ड रम र ब्ल्याक स्टालियन जस्ता प्रिमियम ब्राण्डद्वारा ग्राहकहरुको मन जित्न सफल प्रिमियर डिस्टिलरी लिमिटेडले ल्याएको यो नयाँ उत्पादनको पछाडि पनि बेग्लै कहानी रहेको कम्पनीले जनाएको छ।
समुद्र सतहबाट आठ हजार मिटर अग्ला हिमालहरू संसारमा चौधवटा मात्रै छन् र त्यसमध्ये आठ नेपाली भूमिमा पर्छन् । यही ८ हिमालका शिखरहरूमा हजारौँ वर्षको इतिहास बोकेर बसेका कोमल हिउँ जब पग्लिन्छ, बग्छ, र पुनः हिमतालमा जम्छ अनि वर्षौंसम्म हिमाली चट्टानभित्र छानिएर जलधाराको रुपमा झर्ना बनेर बग्छ, तब प्रकृति स्वयंले तयार गरिदिएको सबैभन्दा शुद्ध र कञ्चन उपहारबाट बन्छ ८ पीक्स ।
हिमनदीबाट अविरल बगिरहेका जलधाराको कञ्चन पानीबाट बनेको ८ पीक्सलाई परम्परागत तामाको स्टिलबाट हुने फ्र्याक्सनल डिस्टिलेसनलाई आणविक स्तरको रूसी चारकोल र चाँदी फिल्ट्रेशनसँग संयोजन गरी तयार गरिएको बताइएको छ ।
८ पिक्सले कडा कन्जेनरहरू र अशुद्धताहरू सक्रिय रूपमा हटाउँछ । यसको परिणामस्वरूप वैज्ञानिक रूपमा परिष्कृत, रासायनिक रूपमा शुद्ध स्पिरिट तयार हुन्छ, जसले असाधारण स्तरको मृदुता र स्पष्टता प्रदान गर्छ र ग्राहकहरूलाई प्रकृतिको शुद्ध स्वाद पस्कन्छ । यो स्वदेशी उत्पादनका हरेक थोपामा राष्ट्रको कथा बोकेको छ ।
राष्ट्रिय गौरवको सम्मानमा समर्पित यो उत्पादनले स्वच्छ तरललाई हिमाली तालजस्तो पारदर्शी सिसाको बोतलमा आकाशजस्तै निलो लेबल सहित प्रस्तुत गरेको जनाइएको छ ।
देशको प्राकृतिक गौरवलाई सम्मान गर्दै आधुनिक उपभोक्तालाई लक्षित गरी तयार गरिएको ८ पीक्सले प्राकृतिक इतिहाससँगै आधुनिक र स्टाइलिश पहिचान पनि झल्काउँछ ।
देशभर गरिएको उपभोक्ता स्वाद परीक्षणमा ८ पीक्सले ९९ प्रतिशत सहभागीहरुको मन जित्न सफल भएको छ, जसले यसको बजारी सम्भावनाप्रति प्रिमियर डिस्टिलरी लिमिटेडको आत्मविश्वासलाई थप मजबुत बनाएको बताइएको छ ।
८ पीक्स आगामी १५–२० दिनभित्र नेपालभरका प्रमुख शहरहरुमा उपलब्ध हुनुका साथै यो ७५० एमएल, ३७५ एमएल, र १८० एमएलका बोतलहरुमा बजारमा उपलब्ध हुनेछ ।
सम्बन्धित समाचार
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

