आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारका लागि आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’ सार्वजनिक गरेको छ। नयाँ ‘रेड्मी प्याड २’ ९.७ इन्चले शक्तिशाली अक्टा-कोर प्रोसेसर सहित सिमलेस इन्टरकनेक्टिभिटी र प्रिमियम ट्याबलेट अनुभव प्रदान गर्ने बताइएको छ ।
ग्राफाइट ग्रे र सिल्भर रङ्गमा उपलब्ध ‘रेड्मी प्याड २’ ९.७ इन्चको पहिलो आकर्षण यसको ‘युनिबडी मेटल कन्स्ट्रक्सन’ हो जसले स्टाइलमा कुनै सम्झौता नगरीकन Redmi उत्कृष्ट ड्युरेबिलिटी (मजबुती र टिकाउपन) प्रदान गर्नुका साथै १२० हर्जको रिफ्रेस रेट, अक्टा-कोर प्रोसेसर, र ९.७ इन्चको २ के क्रिस्टल-क्लियर डिस्प्लेले अल्ट्रा-स्मुथ भिजुअल, डिटेल्स, र फास्ट-रेस्पोन्सिभनेस प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, यसबाट रेड्मी प्याड २ ९.७ इन्चमा एक साँच्चिकै इमर्सिभ डिस्प्ले अनुभव सम्भव हुनुका साथै ७,६०० एमएएचको ठूलो ब्याट्रीसहित १८ वाटको फास्ट-चार्जिङ सुविधा भएको ‘रेड्मी प्याड २ ९.७ इन्चमा लामो प्लेब्याक सेसनसहित लामो समयसम्म प्रयोग गर्नको लागि टिक्ने ब्याट्रि-लाइफ पाइन्छ । ८ एमपि रियर क्यामरा तथा ५ एमपि फ्रन्ट क्यामरासहित यसले हरेक सटमा फोटोको गुणस्तर कायम राख्दै सार्प, डिटेल्ड इमेजहरू निकाल्ने बताइएको छ ।
त्यसैगरी, म्युजिक तथा भिडियो हेर्न-सुन्नका लागि हाइ-रिजोलुसन अडियो दिने इमर्सिभ स्टेरियो स्पिकर्स र ३.५ एमएमको हेडफोन ज्याक रहेका छन् जसले यसको मल्टिमिडिया प्याकेजलाई पूर्णता दिने जनाइएको छ ।
शाओमी हाइपरओएस ३ मा चल्ने यस ‘रेड्मी प्याड २ ९.७ इन्चले शाओमी इकोसिस्टममा सिमलेस कनेक्टिभिटीसहित सहज र इन्टेलिजेन्ट अनुभव प्रदान गर्दछ भने जम्मा ४०६ ग्राम तौल रहेको यो प्याड ‘लाइट टु मिड-वेट’ श्रेणीको डिभाइस अन्तर्गत पर्दछ जसकारण यो बोक्न पनि सजिलो र हरेक दिन प्रयोग गर्न पनि सहज हुने कम्पनीको दाबी छ ।
‘रेड्मी प्याड २’ ९.७ इन्चमा भरपर्दो सेक्युरिटी र प्राइभेसीको लागि एआई फेस अनलकजस्ता एआई-पावर्ड विशेषताहरू पनि उपलब्ध रहेका छन् । यी आधुनिक र आकर्षक विशेषताहरूले भरिपूर्ण ‘रेड्मी प्याड २’ ९.७ इन्च को ४+१२८ जिबि भेरियन्ट जम्मा रू. २५ हजार ९ सय ९९ को मूल्यमा हाल उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

