Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

हलुवाबेदले कम्मरको दुखाई कम गर्छ, कपाललाई फाइदा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, २४
हलुवाबेदले कम्मरको दुखाई कम गर्छ, कपाललाई फाइदा

हलुवाबेद हाम्रो स्वास्थ्यको लागि एकदमै लाभदायक फल हो । यो फलबाट हामीले विभिन्न प्रकारका पौष्टिक तत्व तथा खनिज पदार्थहरु प्राप्त गर्न सक्दछौं । हलुवाबेद निकै कम मात्रामा प्रयोग गर्ने पाइएको छ । कतिपय मानिसहरुलाई यो फल र यसको फाइदाको बारेमा कमै थाहा पाएको हुन्छन् । यो फलमा भिटामिन ए, बि, सी, प्रोटिन, क्याल्सियम, फस्फोरस, पोटासियम पाइन्छ । १०० ग्राम हलुवाबेदमा ८० प्रतिशत क्यालोरी पाइन्छ ।

यो फलमा पाइने गुणहरुले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा गर्दछ । जसले हाम्रो शरीरलाई स्वस्थ बनाउनुको साथै बलियो बनाउन मद्दत गर्दछ । यो फल काँचो वा हल्का पोकको खानुहुँदैन । फल काँचै खानाले हाम्रो शरीरलाई नकारात्मक असर पार्न सक्छ । त्यसैले पाकेको फल प्रयोग गर्नुपर्दछ ।

हलुवाबेदका फाइदाहरु
१. कम्मरको दुखाई कम गर्न मद्दत गर्दछ ।
२.मुटुसम्बन्धी बिरामीको लागि फाइदा हुने गर्दछ ।
३. सुगरलाई नियन्त्रण गर्दछ ।
४. हलुवाबेदमा फाइबर पाइने हुनाले पाचन प्रकृयामा फाइदा गर्दछ
५. हलुवाबेदको प्रयोगले कब्जियत हुनबाट रोक्छ ।
६. यो फलमा पोटासियम पाइने भएकोले ब्लड प्रेसर कम गर्न मद्दत गर्दछ ।
७. हलुवाबेदमा भिटामिन ए, बी र सी पाइने भएकोले कपालको लागि फाइदा गर्दछ ।
८. हलुवाबेदको प्रयोगले पानीको मात्रा बढाउछ ।
९. मानिसहरुलाई सुन्दर र जवान बनाउन मद्दत गर्दछ ।

naima expoTop Changing Nepal

युट्युब सट्स