विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न
काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा शुक्रबार नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न गरेको छ ।
अक्वेल, दिपल, भोल्ट्स, कामा, एम्पियर, स्काईवर्थ, फ्यचर मोटर्स, नामी, टियागो.ईभी, सुजुकी, टाइम्स बिजनेस–स्काईवर्थ र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको समर्थनमा बिभिन्न ब्रान्डहरुका विद्युतीय सवारी साधनहरुको सहभागितामा र्याली सम्पन्न भएको थियो। नाडाको सचिवालय टेकु देखि त्रिपुरेश्वर – दरबारमार्ग – नक्साल – गौशाला – तीनकुने – नयाँ बानेश्वर – माइतीघर मण्डला – थापाथली – कुपण्डोल हुँदै पुल्चोकस्थित द प्लाजामा सो र्यालीको समापन गरिएको थियो।

उक्त र्यालीमा सहभागी कूल ९२ जनालाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रती, नाडाका पूर्व अध्यक्षद्धय शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलालले प्रमाणपत्र समेत वितरण गरेका थिए ।
सो प्रमाणपत्र वितरण कार्यक्रमको सचालन नाडाका महासचिव मिलनबाबु मल्लले गरेका थिए भने र्यालीको सम्पूर्ण व्यवस्थापन नाडा केन्द्रीय कार्य समितिका सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गरेका थिए । “नाडा ग्रीन ड्राइभ २०२६” र्याली कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्णलाई नाडाले आभार व्यक्त गरेको छ ।


सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

