गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
काठमाडौं । ग्लोकल प्रा.लि.ले आज गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ को शीर्ष ६ फाइनलिस्टहरूको नाम सार्वजनिक गरेको छ। नेपालमा उत्कृष्ट किशोरकिशोरीहरूलाई सम्मान गर्ने एकमात्र राष्ट्रिय मञ्च ग्लोकल टिन हिरोमा यस वर्ष सातै प्रदेशका किशोरकिशोरीहरूबाट ७९१ आवेदन परेको थियो। सबभन्दा बढी आवेदन बागमती प्रदेशबाट (२६.२७ प्रतिशत) परेको थियो भने कोशी प्रदेश (२०.३४ प्रतिशत) र मधेश प्रदेश (१९.४९ प्रतिशत) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। कुल आवेदकमध्ये ६६.९५ प्रतिशत पुरुष र ३३.०५ प्रतिशत महिला थिए, जसले युवा सशक्तीकरण र नेतृत्व, शिक्षा तथा सीप विकास, वातावरण तथा जलवायु कार्य, सामुदायिक विकास, प्रविधि तथा नवप्रवर्तन, लैंगिक समानता, स्वास्थ्य र नागरिक सहभागिता जस्ता क्षेत्रहरूमा आवेदन दिएका बताइएको छ।
सन् २०१५ मा काठमाडौं उपत्यकाबाट सुरु भएको यो कार्यक्रम बाह्र वर्षको यात्रापछि नेपालभरका उत्कृष्ट युवा परिवर्तनकर्ताहरूलाई चिन्ने विश्वसनीय मञ्चको रूपमा स्थापित भएको जनाइएको छ। यस वर्ष कार्यक्रमले सबभन्दा ठूलो रूपान्तरण देखेको छ — गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो साउथ एसिया २०२६ अन्तर्गत यसको दायरा नेपालबाहेक भारत, भुटान, श्रीलंका र बंगलादेशसम्म विस्तार गरिएको छ। पाँच राष्ट्र, एउटै मञ्च — यसले शैक्षिक उपलब्धि भन्दा बाहिरका नेतृत्व, नवप्रवर्तन र सामाजिक प्रभावलाई सम्मान गर्ने क्षेत्रीय साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताइएको छ।
शीर्ष ६ फाइनलिस्टहरू
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ का शीर्ष ६ फाइनलिस्टहरू निम्न रहेका छन्:
1.अर्जुन चौधरी — १५ वर्ष, विराटनगर (कोशी प्रदेश),एसटिईएम तथा प्रविधि नवप्रवर्तक -साइबर सुरक्षा_
2.अटल देव ढकाल — १९ वर्ष, अछाम (सुदूरपश्चिम प्रदेश), जलवायु तथा वातावरण अधिवक्ता
3.जास्मिन बोहोरा — १८ वर्ष, पोखरा (गण्डकी प्रदेश), एसटिईएम तथा प्रविधि नवप्रवर्तक
4.किशोर न्यौपाने — १७ वर्ष, सुर्खेत (कर्णाली प्रदेश), जलवायु तथा वातावरण अभियन्ता
5.मन्जिल बस्नेत — १७ वर्ष, बर्दिबास (मधेश प्रदेश), नागरिक सहभागिता तथा सुशासन नवप्रवर्तक
6.सब्नम सुनार — १९ वर्ष, नवलपुर (गण्डकी प्रदेश), लैंगिक तथा सामाजिक न्याय अधिवक्ता
फाइनलिस्टहरूसँग चिनजान
1. १५ वर्षीय अर्जुन चौधरी साइबर सुरक्षा अनुसन्धानकर्ता, उद्यमी र सामुदायिक निर्माता हुन्। उनले नेपालको सबभन्दा ठूलो किशोर प्रविधि समुदाय आर्णिको ह्याक क्लबको स्थापना गरेका छन्, जसमा ४०० भन्दा बढी सक्रिय सदस्य छन्, साथै उनी विश्वव्यापी महत्त्वाकांक्षा भएका प्रविधि समाधानहरू पनि विकास गर्दैछन्।
2.अटल देव ढकाल हिमाली समुदाय, जलवायु वित्त र विश्वव्यापी जलवायु नीतिमा युवा सहभागितामा केन्द्रित जलवायु न्याय अधिवक्ता हुन्। उनले योङ्गो अन्तर्गतको माउन्टेन्स एन्ड ग्लेसियर्स वर्किङ ग्रुपको नेतृत्व गरिरहेका छन् र सिओपि ३१ अघि एक लाख युवा आवाजहरू बुलन्द पार्न मद्दत गरिरहेका छन्।
3.जास्मिन बोहोरा पोखराकी युवा एसटिईएम नवप्रवर्तक हुन्, जसले कृत्रिम बुद्धिमत्ता, वातावरणीय नवप्रवर्तन र अन्तरिक्ष शिक्षालाई एकसाथ जोड्छिन्। उनले ४०० भन्दा बढी विद्यार्थीलाई एसटिईएम र अन्तरिक्ष प्रविधिसँग परिचित गराइसकेकी छिन् र हाल एआई–संचालित वन डढेलो पत्ता लगाउने एप्लिकेसन विकास गर्दैछिन्।
4.किशोर न्यौपाने कर्णालीका जलवायु अभियन्ता हुन्, जसले २०,००० भन्दा बढी विद्यार्थीसम्म पुगेका छन्, ३,२३० भन्दा बढी बिरुवा रोप्न सहयोग गरेका छन्, र कर्णालीको पहिलो ट्र्यास कलेक्सन रेस आयोजना गरेका छन्। उनको कार्यले जलवायु सचेतनालाई व्यावहारिक सामुदायिक कार्यमा रूपान्तरण गर्छ।
5.मन्जिल बस्नेत मधेशका युवा नागरिक नवप्रवर्तक हुन्, जसले विद्यार्थीहरूलाई स्थानीय सरकारसँग प्रत्यक्ष जोडिन र सामुदायिक समस्यालाई वास्तविक नीतिगत समाधानमा रूपान्तरण गर्न सहयोग गर्ने युथ सिभिक लन्चप्याडको स्थापना गरेका छन्। उनका पहलहरूले नगरपालिका तहका निर्णयहरूमा पहिलेनै प्रभाव पारिसकेका छन्।
6.सब्नम सुनार बालिका नेतृत्व, लैंगिक समानता, मासिकधर्म स्वास्थ्य र सामाजिक न्यायको वकालत गर्ने उत्साही युवा अधिवक्ता हुन्। उनले वुमन डेलिभर लगायतका विश्वव्यापी मञ्चमा दक्षिण एसियाको प्रतिनिधित्व गरिसकेकी छिन् र युनिसेफको ग्लोबल गर्ल्स लिडर एडभाइजरी ग्रुपमा योगदान गर्दैछिन्।
छनोट प्रक्रिया
२० उत्कृष्ट किशोरकिशोरी (ग्लोकल्स २० अन्डर २०) मध्येबाट कागजात परीक्षणपछि पहल, उपलब्धि र कामको प्रभावका आधारमा शीर्ष ६ फाइनलिस्ट छनोट गरिएको जनाइएको छ। तीन सदस्यीय सम्मानित जुरी प्यानलले १३ देखि १९ वर्ष उमेर समूहका यी ६ प्रतिभाशाली किशोरकिशोरीलाई उनीहरूको उपलब्धि, पहल र योगदानका आधारमा छनोट गरेको हो। फाइनलिस्ट छनोटको जिम्मेवारी कोका–कोला बेभरेजेज नेपालकी पब्लिक अफेयर्स, कम्युनिकेसन तथा सस्टेनेबिलिटी डाइरेक्टर स्नेह राजभण्डारी, केएफसी र पिज्जा हटकी कन्ट्री म्यानेजर विजय शर्मा र एशियाली विकास बैंक का सिनियर एजुकेसन स्पेसलिस्ट जेफ्री सुजियानको जुरी टोलीले पूरा गरेको बताइएको छ। गोल्छा ग्रुपका अनुसार सिर्जनशीलता, उपलब्धि, प्रभाव र सबभन्दा महत्त्वपूर्णरूपमा कामको दिगोपनाका आधारमा किशोरकिशोरीहरूको मूल्यांकन गरिएको थियो।
आगामी कार्यक्रम
२७ देखि ३१ अगस्टसम्म शीर्ष ६ फाइनलिस्टले सेल्फ–कम्पिटेन्सी वर्कशपमा सहभागी हुनेछन्, जसअन्तर्गत उनीहरूले विभिन्न कर्पोरेट हाउस र ग्लोकलका साझेदार संस्थाहरूको भ्रमण गर्ने, उद्योग विज्ञहरूसँग अन्तरक्रिया गर्ने र आफ्नो ज्ञान तथा सञ्जाल विस्तार गर्ने अवसर पाउने बताइएको छ।
जुरी प्यानलले ३१ अगस्ट २०२६ मा फाइनलिस्टहरूको व्यक्तिगत अन्तर्वार्ता लिनुका साथै एसएमएस मतदान चरण १८ अगस्ट साँझ ५ बजेदेखि ३० अगस्ट साँझ ५ बजेसम्म खुला रहनेछ, र सार्वजनिक मतले पनि साउथ एसियन ग्लोकल टिन हिरो नेपाल २०२६ को विजेता निर्धारणमा भूमिका खेल्ने जनाइएको छ।
आफ्नो मनपर्ने फाइनलिस्टलाई मतदान गर्न ३५००१ मा निम्न कोड पठाउनुहोस्:
1.अर्जुन चौधरी – GTH2026<space>AC send it to 35001
2.अटल देव ढकाल – GTH2026<space>AD send it to 35001
3.जास्मिन बोहोरा – GTH2026<space>JB send it to 35001
4.किशोर न्यौपाने – GTH2026<space>KN send it to 35001
5.मन्जिल बस्नेत – GTH2026<space>MB send it to 35001
6.सब्नम सुनार – GTH2026<space>SS send it to 35001
ग्रान्ड फिनाले
शीर्ष ६ फाइनलिस्टले गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ को उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्, जसको अन्तिम विजेताको घोषणा तथा सम्मान १ सेप्टेम्बरको भव्य समारोहमा हुनेछ। यस समारोहमा नेपाल, भारत, भुटान, श्रीलंका र बंगलादेश गरी पाँचै सहभागी राष्ट्रका राष्ट्रिय विजेताहरूसँगै सबै ६ फाइनलिस्टलाई सम्मानित गरिने बताइएको छ।
गोल्छा ग्रुप प्रस्तुत साउथ एसियन ग्लोकल टिन हिरो २०२६” कार्यक्रम १ सेप्टेम्बर २०२६ मा ललितपुरस्थित द प्लाजामा आयोजना हुने जनाइएको छ। यस प्रतिष्ठित कार्यक्रममा नेपालभरका राजदूत, राजनीतिज्ञ, प्राज्ञिक, उद्यमी, युवा नेता, चर्चित व्यक्तित्वलगायत विभिन्न क्षेत्रका प्रतिष्ठित हस्तीहरू सहभागी हुने गोल्छा ग्रुपले बताएको छ।
यो भेला युवा परिवर्तनकर्ताहरूको उपलब्धि, नेतृत्व र प्रभावलाई उत्सव मनाउनुका साथै पहिलोपटक साउथ एसियन ग्लोकल टिन हिरोको ताज पहिराउने ऐतिहासिक क्षणको साक्षी बन्ने ग्रुपको विश्वास छ।
साझेदारहरू
ग्लोकल प्रा.लि.द्वारा आयोजित र गोल्छा ग्रुपको शीर्षक साझेदारीमा सञ्चालित यस कार्यक्रममा भारतीय दूतावास काठमाडौं, संयुक्त अरब इमिरेट्स दूतावास काठमाडौं,युएनएफपिए, प्लान इन्टरनेशनल,कोइका,र युएन विमेनको रणनीतिक साझेदारी रहेको छ, साथै एम्बार्क कलेज शैक्षिक साझेदारका रूपमा जोडिएको छ। होन्डा, कोका–कोला, पञ्चकन्या ग्रुप, केएफसी, टोयोटा र बायोस्फियर ग्लोबल साझेदार संस्थाहरू रहेका छन् भने नबिल बैंक बैंकिङ साझेदार रहेको बताइएको छ। कान्तिपुर र द काठमाडौं पोस्ट मिडिया साझेदार, वर्ल्डलिंक इन्टरनेट साझेदार, द प्लाजा हस्पिटालिटी साझेदार, नेपालपे भुक्तानी साझेदार, सांग्रिला ब्लु होटल होटल साझेदार, र यती एयरलाइन्स एयरलाइन्स साझेदारका रूपमा रहेका जनाइएको छ। पिज्जा हट र न्युट्रिप्लस सपोर्टरका रूपमा, प्रिज्मा एडभर्टाइजिङ पिआर साझेदार, र इको नेटवर्क आउटरिच साझेदारका रूपमा जोडिएका बताइएको छ।
सम्बन्धित समाचार
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

