Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, असार, ९
एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ६ सय ४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५ सय ८ राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ७९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ४७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ५४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १ सय २२ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय १९, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय १३, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय १९, एकतर्फी बाटोमा सवारी चलाउने १ सय र अन्य सवारी नियम पालना नगरेका एक हजार ६ सय ८८ जनालाई कारबाही गरिएको हो ।

Top Changing Nepal

युट्युब सट्स