विश्वकप छनौट : पोर्चुगलको शानदार जित
सन् २०१८ को रुश विश्वकप छनौट अन्तर्गत युरो च्याम्पियन पोर्चुगलले लात्भियामाथि ४-१ को जित हासिल गरेको छ ।
सुपरस्टार क्रिष्टियानो रोनाल्डोको प्रेरणामा घरेलु टोली पोर्चुगलले सहज जित हासिल गरेको हो । उसको जितमा रोनाल्डोले दुई गोल गरे । २८औं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट पोर्चुगलले अग्रता लिएको थियो ।
दोस्रो हाफमा उसले ३ गोल गर्यो । ५९औं मिनेटमा पाएको अर्को पेनाल्टीमा रोनाल्डो असफल भएका थिए । ६७औं मिनेटमा जुजिनको बराबरी गोलसँगै लात्भियाले खेलमा फर्कने प्रयास गरेको थियो ।
तर ६९औं मिनेटमा विलियम कार्भाल्होले गोल गरे भने रोनाल्डोले ८५औं मिनेटमा गोल गर्दै तीन एकको अग्रता दिलाए । खेलको इन्ज्यूरी समयमा बुर्नो आल्भेसले पोर्चुगलको ४१ गोलको जित सुनिश्चित गराए ।
समूह बीमा पोर्चुगल ९ अंकसहित दोस्रो स्थानमा छ । समूहको पहिलो खेलमा पराजित भएको पोर्चगलले त्यसपछि लगातार तीन जित निकालेको छ । यस समूको शीर्ष स्थानमा स्वीट्जरल्याण्ड छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


