२२.६७ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, ६ अर्ब २२ करोड कमाइ
काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उल्लेख्य वृद्धि गरेको जनाएको छ। बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँको तुलनामा २२.६७ प्रतिशत बढी हो।
यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने २.८६ प्रतिशतले घटेर १६ अर्ब २० करोड ३० लाख रुपैयाँमा सीमित भएको छ। तर खुद फी तथा कमिशन आम्दानी ३ अर्ब २२ करोड १७ लाख रुपैयाँबाट बढेर ३ अर्ब ६४ करोड ५ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकको सञ्चालन आम्दानी २.६१ प्रतिशतले वृद्धि भएर २१ अर्ब ८० करोड ३९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २० प्रतिशतले बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ रहेको छ। लाभांश दिने क्षमता (डीपीएस) १२.०२ रुपैयाँ कायम भएको बैंकले जनाएको छ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८३.१४ रुपैयाँ रहेको छ। निष्क्रिय कर्जा भने ४.८६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ। हाल ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २७ अर्ब १० करोड ९३ लाख रुपैयाँ सञ्चित छ। बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, कतिपर्छ मुल्य ?
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



