महिला हिंसा विरुद्ध १६ दिने अभियान सुरु
जानकारी केन्द्र
२०७३, मंसिर, ११
रविन्द्र यादव, नवलपरासी,
नवलपरासीमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान आज देखि सुरु भएको छ । हरेक वर्ष महिला तथा बालबालिक कार्यालय नवलपरासीको नेतृत्व एवं विभिन्न सरोकारवाला निकायहरुको समन्वयमा यस १६ दिने अभियान संचालन हुदै आएको छ । ‘‘घर शान्ति नै विश्व शान्तीको आधार, दिगो विकासका लागि हिंसा रहित समाज” मुल नाराका साथ आज विहान प्रभात फेरि कार्यक्रम गरि १६ दिने अभियानको सुभारम्भ गरिएको महिला तथा बालकालिका कार्यालय कि कार्यालय प्रमुख उर्वरा लुईटेलले बताउनु भयो । समाजमा घरेलु, शारिरीक, मानसिक, आर्थिक र भेदभाव यातनाले हुदै आएका महिला हिंसा न्युनिकरणका लागि आजदेखि यो १६ दिने अभियान थालिएको प्रमुख लुईटेलले बताउनु भयो । संयुक्त राष्ट संघको १९९९को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि जिल्लामा पनि हरेक वर्षको नोभेम्बर २५ देखि १० डिसेम्बर सम्म यस १६ दिने लैगिंक हिंसा विरुद्ध अभियान मनाईने गरिएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


