Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

जब नवलपरासीमा राष्ट्रिय झण्डा फहराई मोहम्मद जन्मज्यन्ति मनाएपछि ।

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, मंसिर, २७
जब नवलपरासीमा राष्ट्रिय झण्डा फहराई मोहम्मद जन्मज्यन्ति मनाएपछि ।

रबिन्द्र यादव / नवलपरासी, २७ मंसिर । नवलपरासीका मुस्लिम समुदायले राष्ट्रिय झण्डा फहराउदै १४४५ आंै मोहम्मद जन्मज्यन्ति मनाएका छन् । जिल्लाको विभिन्न क्षेत्रका मदरसाहरुबाट आएका र्यालीहरु सदरमुकाम परासीमा एकठ्ठा भई आफनो ईस्लामि झण्डा सहित नेपालको झण्डा पनि बोकी एक वृहद र्याली निकालेका थिए । नेपाल प्रतिको माया देखाउदै मुस्लिम समुदायहरु आफनो ईस्लामिक झण्डा संगै नेपालको झण्डा पनि र्यालीमा फहराएका थिए ।

सन् ५७१ को अर्थात आरबी पात्रो रबीउल औवल महिनाको १२ तारिखका दिन मुस्लिम समुदायका धर्म गुरु पैगम्बर मोहम्मद साहबको साउदी अरबको मक्का शरिफमा जन्म भएको थियो । ईस्लाम धर्मका संस्थापक धर्मगुरु पैगम्बर मोहम्मद साहबको जन्मको खुशीमा आज आरबीको १२ रबिउलऔवल तारिखमा विश्वभरिकै मुस्लिम समुदायहरु विभिन्न कार्यक्रम गरि मोहम्मद जन्मज्यन्ति मनाउने गरेका छन् । तन्जिमुल ओल्मा युनियन, हुसैनी युवा क्लब, ईस्लामिया मदरसा संघ, जिल्ला मदरसा समन्वय समिति र पिछडा वर्ग महासंघ नवलपरासीको संयुक्त अगुवाईमा विभिन्न मदरसा, मस्जिद र ईस्लामिक संगठनहरु सदरमुकाम परासीमा एक विशाल ¥याली निकाली भव्यताका साथ मोहम्मद जन्म ज्यन्ति मनाएका तन्जिमुल ओल्मा युनियनका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मियाँले बताए । मुस्लिम समुदायले, परासी हाट बजारबाट शुरु गरेको एक विशाल र्याली, ईमीलीटोल, बुद्धचोक, लोकतान्त्रिक चोक, दुर्गाटोल हुदै पुनः हाट बजार स्थित कोणसभामा परिणत भएको थियो । आज सोमबार विहान प्रत्येक मदरसाहरुद्धारा विभिन्न नारा, प्लेकार्ड र राष्ट्रिय झण्डा सहित निकालिएका र्यालीहरु आ–आफनो गाउँमा परिक्रमा गरि दिउसाँ परासी बजारमा जुटेका थिए । विभिन्न ठाउँबाट परासी जुटेका र्यालीहरु एक बिशाल र्यालीको रुपमा परिणत गरि विभिन्न ईस्लामि सन्देश दिदै परासी बजारको परिक्रमा गरिएकोे ईस्लामिया मदरसा संघ नवलपरासीका अध्यक्ष बुद्धन अलिले जानकारी दिए ।

आज मोहम्मद जन्म ज्यन्तिका दिन सबै मुस्लिम समुदायहरुले मोहम्मद साहबको जन्मको खुशीमा वृहद र्याली निकाल्ने, नमाज, कुरान पढने, दानपुनः गर्ने शुभकामना आदान प्रदान गर्ने, र फातिहाँ मिलाद समेत गर्ने गरेका धर्मावलम्बी हाजी तैयब अलीले बताए । वर्षको एक पटक मात्र मनाउने यो मोहम्मद जन्मज्यन्ति मुस्लिम समुदायको महानपर्व मध्ये हो । सदियाेंदेखि नेपालमा मनाईदै आइएको यस दिनमा नेपाल सरकारले कुनै प्रकारको विदा तथा केहि सुविधाहरु नदिएको मुस्लिम समुदायहरुले गुनसो गरे ।र्याली पश्चात कोणसभामा मौलाना सैयद गुलाम हुसैन मियाँ, हाजी तैयब अलि, हाजी अलाउद्दिन अंसारी, हाजी ईसहाक मियाँ, मौलाना मोहम अलि निजामी, मौलाना उमर अलि निजामी, समाजसेवी हैदर अलि मोमिन, बुद्ध अलि, अमिरुल्लाह मियाँ, अमजद अलि अंसारी, कासिद अलि, हाजी ताहिर अलि र विस्मिल्लाह मियाँ लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स