Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

पशु सेवा विभागले माग्यो १ हजार कर्मचारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, मंसिर, २७
पशु सेवा विभागले माग्यो १ हजार कर्मचारी

काठमाडौं। सरकारले ल्याएको ‘एक गाउँ विकास समिति एक पशु सेवा प्राविधिक कार्यक्रम’ अन्तर्गत देशका ७३ जिल्लामा १ हजार जनाका लागि आवेदन माग गरेको छ।

पशुपन्छी विकास मन्त्रालयको पशु सेवा विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै देशका ७३ जिल्लाका जिल्ला पशु सेवा कार्यलय मातहातमा गाउँ विकास समितिमा काम गर्ने गरी अस्थायी पदका लागि आवेदन माग गरेको हो।

विभागले कृषि सेवा लाभइस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट तथा भेटेनरी समुहका नायव पशु सेवा प्राविधिक र नायव पशु स्वास्थ्य प्राविधिक पदका लागि एक हजार जना करारमा भर्ना गर्न लागेको हो।

आवेदन दिनका लागि आगामी पुष ११ गतेसम्मको म्याद तोकिएको छ। आवेदन दिनेले दरखास्त दस्तुर वापत ३ सय रुपैयाँ बुझाउनुपर्नेछ। आवेदकहरूको लिखित तथा अन्तर्वार्ता गराइ छनोट गरिनेछ।

परीक्षा पुष २३ गते १ बजे सञ्चालन हुनेछ। गाउँगाउँमा पशु सेवा तथा स्वास्थ्य सम्बन्धि प्राविधिक नहुँदा किसान समस्यामा परेको गुनासोलाई सम्बोधन गर्न सरकारले आर्थिक वर्ष २०७३/०७४ को बजेटमा एक गाउँ विकास समिति भएका पशुसेवा प्राविधिक कार्यक्रम पारेपछि कार्यवन्यन गर्न लागिएको हो।

naima expoTop Changing Nepal

युट्युब सट्स