Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

दाइजो नियन्त्रण गर्न कडा कानुन ल्याइँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, पुष, १९
दाइजो नियन्त्रण गर्न कडा कानुन ल्याइँदै

काठमाडौं १९ पुस ।  विवाहमा लेनदेन हुने दाइजोलाई नियन्त्रण गर्ने कडा प्रावधानसहितको कानुन बनाउने तयारी थालिएको छ । दाइजो नियन्त्रण सम्बन्धी कानुन पुरानो भएको र प्रभावकारी समेत नभएकाले व्यवस्थापीका संसदले नयाँ कानुन बनाउन लागेको हो ।

देशका विभिन्न भागमा दाइजोकै कारण हिंसात्मक घटना बढीरहेकाले दाइजोलाई दण्डनीय बनाई नियन्त्रण गर्ने कानुन बनाउन लागिएको हो । ४ दशकअघि बनेको सामाजिक व्यवहार सुधार ऐन भने खारेज हुनेछ ।

प्रस्तवीत नयाँ विधेयकमा विवाहमा दवाब दिई दाईजो दिन लिन नहुने व्यवस्था गरिएको छ । सामाजिक व्यवहार सुधार गर्न प्रस्तावित नयाँ विधेयकको दफा ४ ले राजीखुशीले दिइने उपहारको पनि सीमा तोकिएको छ ।

त्यसमा दुलाहा पक्षले दुलहीलाई कपडा तथा बढीमा ४० ग्राम सुन वा त्यस बराबरको प्रचलित मूल्यले हुने रकमको गहना राजीखुशीले दिन सकिने उल्लेख छ । कान्तिपुरले खबर लेखेको छ ।

त्यसबाहिर गई दबाब वा करकापमा पारी दाइजो लेनदेन गरेमा विगो जफत गरी सोही बमोजिम जरिवाना वा ३ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यसैगरी दाइजो वा तिलक लेनदेनसम्बन्धी कुनै सम्झौता भए यही कानुनअनुसार स्वतः बदरभागी हुनेछ । यसअघिको कानुनमा विवाहमा ५१ जना जन्ती जान सक्ने व्यवस्था भए पनि सबैतिरबाट त्यसको उलंघन गरिएको थियो ।

प्रस्तावीत कानुनमा भने जन्ती संख्या बढाएर एक सय ५० पुर्याइएको छ । जन्तीमा सहभागीलाई नगद वा जिन्सी उपहारसमेत दिन नमिल्ने भनिएको छ ।

Top Changing Nepal

युट्युब सट्स