Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

रातो नम्बरबाट फोन आएको हल्ला फैलाउने गायिका प्रहरी फन्दामा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, पुष, २०
रातो नम्बरबाट फोन आएको हल्ला फैलाउने गायिका प्रहरी फन्दामा

काठमाडौं, २० पुस ।
एनसेल नम्बरमा रातो नम्बरको फोन आएको अफवाह फैलाएको आरोपमा गायिका प्राशना पाण्डे र गायक दीपक बराईली पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाण्डे र बराईलीलाई पक्राउ गरेको हो । उनले गाजलु आँखा देखेर भुतुक्कै बोलको गीत गाएकी छिन् ।

रातो नम्बरको अफवाह भाइरल भएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानमा फोटोसपबाट बनाएर आतंक फैलाएको निष्कर्ष निकालेको थियो। अनुसन्धानका लागि प्रशन्नालाई नियन्त्रणमा लिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा ब्युरोका प्रमुख नवराज सिलवालले जानकारी दिए ।

गायिका प्राशनाले आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आएको र डरलागेको भन्दै आफ्नो फेसबुक पेजमा तस्विर नै राखेकी थिइन्। ग्रामीण तहमा यसले आतंक फैलिएपछि एनसेलले विज्ञप्तिमार्फत् सो हल्ला मात्रै रहेको बताएको थियो।

naima expoTop Changing Nepal

युट्युब सट्स