Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

यसरी संपन्न गरियो जनचेतना मुलक कार्यक्रम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, पुष, २९
यसरी संपन्न गरियो  जनचेतना मुलक कार्यक्रम

यहि पौष २६, २७ र २८ गतेन्यूरो साइन्स सोसाइटी नेपाल, काठमाडौ सेन्टर फर जेनोहमक्स रिसर्च ल्याबोरेटोरी र

अन्तरास्ट्रिय मस्तिष्क अनुशन्धान संस्था (IBRO) को संयुक्त तत्वाधानमा धादिङ्ग जिल्लाका दुईवटा बिधालयहरूमा

माश हिस्टोरिया संम्बन्धि निशुल्क जागरण तथा परामर्श अभियान सम्पन्न गररएको छ । कार्यक्रम गरिएका  बिधालयहरूमा

पृथ्वी राजमार्ग छेउमै रहेको  कुम्पुर गा. वि.स. अन्तरगत  महाकाली माध्यमिक बिधालय  र अर्को  सलांग गा. वि. स.

अन्तर्गत विकट क्षेत्रमा अवस्थित श्री कालिदेवि माध्यमिक बिधालय रहेका छन । यी मध्ये  महाकाली माध्यमिक बिधालय

करिब ६ महिना पहिलेमास हिस्टोरीयाको समस्या देखिएका  कारण केहि समय बिद्यालय नै बन्द गर्नु पर्ने

अवस्था आइपरेको थियो । मास हिस्टोरीया अत्याधिक तनावका कारण सृजना हुने समस्या भएको  र तनाव

न्यूनीकरणको एक साधन संगीत रहेको तथ्य मध्यनजर गरि  यस अभियानमा  नेपालका पप संगीतका अगृणी गायक

नेबिन के भट्टराइ को समेत सामाजिक सेवा प्रेरित निशुल्क सहभागिता रहेको थियो ।

बिधालय हातामा प्रवेश गर्दा बिधार्थि , अभिभावक तथा शिक्षक शिक्षिकाहरूले सहभागि टिमका सदस्यहरू लाइ

फूलमाला तथा अविरले स्वागत गरेका थिए । कार्यक्रममा न्यूरो साइन्स सोसाइटीका सभापति डा. सुनिल ढुंगेलले यस

प्रकारको कार्यक्रमको अाैचित्य बारे प्रकाश पारेका थिए भने उपसभापति डा. अजय जंग कुंवरले मानव मस्तिष्क

संरचना  र क्रिया बारे जानकारी प्रस्तुत गरेका थिए  ।  सहभागिरुलाई नाटक मार्फत हिस्टोरीया सम्बन्धि जानकारी  प्राप्त गर्ने

क्रममा डा. बरुण महत, प्रकाश लिम्बु, संन्दिप थापा लगायतका टिम सदस्यहरूले बिधार्थिहरू संगै   बिभिन्न चरित्र

मन्चन गरेका थिए । यसै गरि डा. सबिन थपलिया र जनक अवस्थीले माैखिक बक्तब्य मार्फत  मास हिस्टोरीया

सम्बन्धि  भ्रम र यथार्थ, यस समस्याका कारण, यसका तत्कालिन तथा दिर्घकालिन  उपचार र  समस्या निवारणमा

सामाजिक दायित्व सम्बन्धि जानकारी प्रश्तुत गरेका थिए ।  यसै क्रममा सहभागिहरूलाइ जानकारी मुलक ब्रोसर र

कापी कलमहरू  पनि बाडिएको थियो ।

कार्यक्रमको उपदेयता र उपलब्धि  जाँच गर्न बिधार्थिहरूलाइ  परामर्शर जानकारी दिनु पुर्व र पश्चात दुइ पटक गरि स्वयं

स्वीकार प्रश्नपत्र मार्फत  उनिहरूको मानसिक  अवस्था र हिस्टोरिया  संम्बन्धमा  ज्ञान मापन गरिएको थियो ।  यस

अनुशन्धानलाई नियालेर परामर्श र जानकारी पश्चात उनीहरुको मानसिक अवस्था सन्तुलित र हिस्टोरिया  संबन्धि

जानकारी बढेको पाइएको छ । माैखिक रूपमा पनि सहभागि बिधार्थिहरू, शिक्षक, शिक्षिका तथा

प्राध्यापक हरू द्वारा कार्यक्रम अत्यन्त फलदायि रहेको र नबिन के भट्टराइ जस्ता दिग्दज

कलाकारको उपश्थितिले हाैसला प्रदान गरेकोले बताएका थिए मास हिस्टोरिया  सचेतना जागरण

बाहेक सलांग गा. वि. स. अन्तर्गत श्री मालिका अाधारभुत बिधालयमा बिसुद्द परोपकारी कार्य हेतु

कापी कलम पनि वितरण गरिएको थियो ।

आगामी हिनमा पनि यस्ता सामजिक दायित्वका काम एक साथ अघि बडाउने जनाकारि

सभापति डा. ढुंगेल र नबिन के भट्टराइले दिनुभएको छ ।

mass 22

mass66

naima expoTop Changing Nepal

युट्युब सट्स