Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

यसरी हुदैछ बक्सिङ्ग खेलको रियालिटि सो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, माघ, ६
यसरी हुदैछ बक्सिङ्ग खेलको रियालिटि सो

ललितपुर, टिकाथली

टिकाथली स्थित बक्सिङ्ग कल्वमा अायोजित एक कार्यक्रम बिच बक्सिङ्ग खेलको रियालिटि सो हुने जानकारी दिएको छ । म्याक्स बक्सिङ्ग प्रमोसन र डान्सिङ्ग याक को अायोजनामा बक्सिङ्ग खेलको रियालिटि सो हुने भएको हो  । देशका बिभिन्न भागबाट चयन भएका १६ जना बक्सिङ्ग खेलाडिलाइ सो रियालिटि सो मा सहभागि गराइने अायोजक द्वरा बताइएको छ । “च्याम अफ दि च्याम्पियन ” नाम दिएको उत्त प्रतियोगितममा प्रथम हुनेलाइ  पुरस्कार स्वरूप नगद रू २ लाख र प्रमाण पत्र दिइने म्याक्स बक्सिङ्ग प्रमोशन का कार्यकारी निर्देशक म्याक्स बस्नेतले बताएका छन ।  म्याक्सले अाफ्नो मन्तव्य राख्ने क्रमामा भने  “नेपालमा यस्ता प्रतियोगिता अायोजना गरिदा बक्सिङ्ग खेलको समग्र विकाशमा महत्वपुर्ण योगदान पुग्ने  छ  अाफुले धेरै कुरा गुमाएर पनि बक्सिङ्ग खेल प्रतिको माया र लगावलाइ यथावत राख्न पाएको मा खुसि छु” । उनले  अाफ्नो जिवनका महत्वपुर्ण कुराहरू गुमाएर पनि बक्सिङ्ग खेल जोगाउने प्रतिबद्दता पनि गरे साथै बक्सिङ्ग खेलको विकास गर्ने जिम्वेवारी खेलाडिहरूको पनि भएको ले जस्ता सुकै चुनाैतिहरूको सामना गर्नु परे पनि अाफ्नो जिम्वेवारी बाट पछि नहट्ने बताए । यसै गरि एक्सन फर सोसल चेन्जका संरक्षक लाल बहादुर महर्जनले अाफ्नो मन्तव्य राख्ने क्रममा  उच्चमनोवलका साथ परिश्रम गरेर खेल्ने खेलाडिले सधैं नै सफलता हात पार्न सक्ने बताए ।

सो कार्यक्रम कि संचालिका लक्ष्मि राउतले निकै नै रोमान्चक र साैहार्दपुर्ण रूपमा कार्यक्रमको संचालन गरेकि थिइन भने प्रतियोगितामा सहभागि हुन अाउने खेलाडिहरू पनि निकै नै उत्साहित देखिइएका थिए । कार्यक्रममा मन्तव्य राख्ने क्रममा सहदेव राउतले खेल जगतमा अाफुले पनि धेरै समस्या देखेको कारण यस्ता प्रतियोगिताले सक्षम र राम्रा खेलाडिले अवशर पाउने अवश्था श्रृजना हुने बताए । यस्तै समाजसेवि तथा एक्सन फर सोसल चेन्जका अध्यक्ष बिनय बस्नेतले  भने खेल क्षेत्रमा देखा परेका समस्याहरू सामधान गर्न यस्ता कार्यक्रमहरू अायोजना गर्दा निकै नै उपयोगि हुने बताए  ।

उनले बक्सिङ्ग खेल खेलको को राजा भनिए पनि यसलाइ अझै  व्यवश्थित रूपमा अघाडि बडाउन नसकेकोमा दुख व्यत्त गरे । यसै गरि मन्तव्य राख्ने क्रममा नै बक्सिङ्गका प्रशिक्षक तेज बहादुर थापा ले बक्सिङ्ग खेल अरू खेल भन्दा टेक्निकल रूपमा खेल्नु पर्ने भएकोले यो खेल बाट डराउने भन्दा पनि बुझेर सबैले माया गरेर अघाडि बडाउनु पर्नेमा जोड दिए । यसै गरी जानकारी केन्द्र डटकमका अध्यक्ष दिपक गाैतमले बक्सिङ्ग खेल भित्र भएका कमजोरीलाइ हटाउदै  लानु पर्ने  र बक्सिङ्ग खेल बिकासको लागि अाफुले सक्दो सहयोग गर्ने बताए । कार्यक्रमको अाैपचारीक उद्घाटन राष्टि्य गित गाएर गरिएको थियो भने सभा पति अथवा प्रमुख अतिथि विशिष्ट अतिथि राखिएको थिएन । सबै जनालाइ अतिथिको रूपमा सहभागि गराइएको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स