गायक प्रकाश ओझा पक्राउ, १० वर्ष जेल सजाय
जानकारी केन्द्र
२०७३, माघ, १४
गायक प्रकाश ओझा नाबालिकालाई यौन शोषण गरेर अश्लिल भिडियो बनाएको आरोपमा पक्राउ परेका छन् ।
युवतीलाई विभिन्न प्रलोभन देखाएर यौन शोषण गर्ने, तस्बिर लिने र त्यही फोटो देखाएर ब्यालमेलिङ गर्ने गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो ।
केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो। ४३ वर्षीय ओझालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउदै १० दिनअघि मानव बेचबिखन तथा ओसारपसारका दुई मुद्दामा ५–५ वर्षको सजाय सुनाएको थियो।
ओझा काठमाडौंमै लुकीछिपी बसेर गीत रेकर्डिङसमेत गर्ने गरेको व्यूरोले दाबी गरेको छ। अदालतले कैद फैसला सुनाए लगत्तै ओझा फरार थिए ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


