कम्पनी खारेज गर्न चहनु हुन्छ , नगुमाउनु होस माैका
दर्ता गरेको कम्पनी खारेज गर्दा मोटो रकम तिर्नुपर्ने चिन्तामा हुनुहुन्छ भने अब चिन्ता नलिनुस् तपाईको समस्या सम्बोधन हुदैछ । तपाई जस्तै झन्डै ७० हजार कम्पनीलाई सुविधा हुने गरी सरकारले कम्पनी खारेज गर्न चाहनेका लागि विशेष ‘स्किम अफर’ ल्याउन लागेको छ ।
कम्पनी खारेज गर्दा ढाडे सेकिने गरी तिर्नुपर्ने जरिवाना शुल्कलाई सरकारले व्यापक कटौती गर्न लागेको छ । रहरै रहरमा कम्पनी दर्ता गर्ने व्यक्तिलाई यो नियमले खुसी बनाउनेछ ।
सरकारको विशेष ‘स्किम अफर’ अन्र्तगत चुक्ता पुजीको ०.५ प्रतिशतमात्र शुल्क तिरेर कम्पनी खारेज गर्न सकिने व्यवस्था गर्न लागेको हो । वा, उसले तिर्नुपर्ने जरिवाना चुक्ता पुजीको १ प्रतिशतभन्दा कम छ भने जरिवाना मात्र तिरे पुग्नेछ । यो स्किम अफर २ वर्षको लागि मात्र हुनेछ ।
अहिलेसम्म धेरै काम अनलाइनबाट हुने भए पनि हस्ताक्षर गर्न आफै उपस्थित हुनुपर्ने बाध्यता थियो । त्यो बाध्यता पनि नयाँ ऐनले हटाउने छ । नयाँ ऐन लागु भएपछि विद्युतीय हस्ताक्षरबाट पनि कारोबार गर्न सकिने छ ।
सरकारले कम्पनी ऐन २०६३ को पहिलो संशोधन गर्दै धेरै उद्योग व्यवसायीको मागलाई सम्बोधन गर्न लागेको हो । कम्पनी ऐन २०६३ को पहिलो संशोधन गर्न बनेको विधेयक २०७३ लाई छिट्टै नै व्यवस्थापिका संसदमा पेश गर्न लागिएको छ । गत सोमबार बसेको व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले विधेयकलाई आगामी संसदमा पेश गर्ने निर्णय गरिसकेको छ ।
कम्पनी खारेज गर्न चाहने तर धेरै शुल्क तिर्नुपर्ने डरमा रहेका हजारौंलाई ध्यानमा राखेर कम्पनी ऐनलाई संशोधन गर्दै नयाँ नियम बनाउन लागिएको कम्पनी रजिष्ट्रार कार्यलयका रजिष्ट्रार प्रेमकुमार श्रेष्ठले बताए । अहिले त्यसरी कम्पनी खारेज गर्न चाहनेको संख्या झन्डै ७० हजारको हाराहारीमा रहेको अनुमान गरिएको थियो । यो सुविधाबाट कम्पनी खारेज गर्न चाहनेले संसदले संशोधित कम्पनी ऐन पारित गरेको दुई वर्षभित्र गर्नुपर्ने छ ।
ठूलो संख्यामा कम्पनी खारेजी गर्न चाहे पनि विद्यमान ऐनमा भएको व्यवस्थाले गर्दा व्यवसायीले आफ्नो कम्पनी खारेज गर्न नसकेको कार्यलयको बुझाइ छ ।
विद्यमान ऐन अनुसार कुनै कम्पनी खारेज गर्न लाख देखी करोडौंसम्म तिर्नुपर्ने व्यवस्था छ ।
जसले गर्दा सानो व्यवसाय गर्न खोलेको कम्पनीका लागि ठूलो समस्या हो । विदेश जान लागेका, कम्पनी बन्द गर्न चाहनेका लागि विद्यमान ऐन पर्खाल बनेर बसेको थियो ।
कम्पनी दर्ता गरेर पनि बिभिन्न कारणले कम्पनी नचल्न सक्छ । तर, कम्पनी दर्ता गरेपछि त्यसको यथार्थ जानकारी कार्यलयमा गराउनु पर्छ अथवा कम्पनी खरेजी गरेर कानुनी प्रकृया पुरा गरेको हुनुपर्छ । यदि कसैले कम्पनी दर्ता गरेको छ तर त्यसको यथार्थ जानकारी कम्पनी कार्यलयलाई गराएको छैन, वा कम्पनी खारेज पनि गरेका छैन भने उसले राज्यबाट पाउने सेवा सुविधा, चुनावमा उमेद्वारी दिन पाउने अधिकारबाट बच्चितसम्म बन्न सक्छन् ।
त्यसैगरी, अब कुनै पनि कम्पनी सम्बन्धी काम गर्न फाइल बाकेर कार्यलय धाउनुपर्ने छैन् । नयाँ बनाउन लागिएको नियम अनुसार कम्पनी दर्ता देखि सबैकाम अनलाइनबाट हुनेछ ।
अहिलेसम्म धेरै काम अनलाइनबाट हुने भए पनि हस्ताक्षर गर्न आफै उपस्थित हुनुपर्ने बाध्यता थियो । त्यो बाध्यता पनि नयाँ ऐनले हटाउने छ । नयाँ ऐन लागु भएपछि विद्युतीय हस्ताक्षरबाट पनि कारोबार गर्न सकिने छ ।
त्यसैगरी, नयाँ बन्न लागेको ऐनको दफा ६८ मा कुनै पनि कम्पनी संचालकहरू साधारण सभामा अनिवार्य उपस्थिती हुनुपर्ने छैन । आफै उपस्थिती हुन नसकेमा भिडियो कम्फेरेन्सबाट आफ्नो उपस्थिती जनाउने सक्ने छन् ।
अब कुनै पनि कम्पनीले एक आर्थिक वर्षभरीमा एक लाखसम्म चन्दा, अनुदान वा दान दिन पाउनेछन् । यस अघिको नियममा यो रकम जम्मा ५० हजार मात्र थियो ।
ऐनमा थप व्यवस्था गर्दै कुनै पनि मुनाफा वितरण नगर्ने कम्पनीहरू पनि एक आपसमा गाभिएर कारोबार गर्न पाउनेछन्
aarthiknews.com बाट
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

