Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

कञ्चनपुर घटनाका संबन्धमा भारतका गृह मन्त्रिले नेपालका गृहमन्त्री संग यसो भने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, चैत्र, ४
कञ्चनपुर घटनाका संबन्धमा  भारतका गृह मन्त्रिले नेपालका गृहमन्त्री संग यसो भने

विष्णु जोशि/ नयाँदिल्ली

भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग बिहीबार भएको भेटमा दुई

प्राविधिक टोली थप्ने प्रस्ताव गरेका हुन् । नेपाल–भारत सीमा विवादका सम्बन्धमा ३ वटा संयुक्त प्राविधिक टिमले विगत ३

बर्षदेखि काम गर्दै आएको छ । जवाफमा भारतीय गृहमन्त्री सिंहले प्राविधिक टिम थप्न भारतीय पक्ष सकारात्मक भएको

प्रतिकृया दिएको गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । नेपाल र भारतका गृहमन्त्रीबीच सुरक्षा

क्षेत्रमा विद्यमान सहयोगलाई निरन्तरता दिने र आगामी दिनमा त्यसलाई थप सुदृढ बनाउने बिषयमा छलफल भएको थियो ।

नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको

गोली लागेर एकजना नेपालीको मृृत्यु भएको घटनाबारे सिंहको ध्यानाकर्षण गराएका छन् । जवाफमा भारतीय गृहमन्त्री सिंहले

सो घटनालाई अपसोचपूर्ण घटना भन्दै त्यसप्रति दु:ख वयक्त गरेका छन

naima expoTop Changing Nepal

युट्युब सट्स