Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुदुरपश्चिमका महत्वपूर्ण ऐतिहासिक पर्यटकीय संपदा यसरी अोझेलमा पर्दै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, चैत्र, १५
सुदुरपश्चिमका  महत्वपूर्ण ऐतिहासिक पर्यटकीय संपदा यसरी अोझेलमा पर्दै

विष्णू जोशी

सुदुरपश्चिमको बैतडी लगायत सबै जिल्लामा रहेका महत्वपूर्ण ऐतिहासिक पर्यटकीय क्षेत्रहरु संरक्षण, संबद्र्धन र प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । सरोकारवालाहरुले कुनै किसिमको चासो नदिदा आर्थिक एवम् पुरातात्विक महत्व बोकेका यी क्षेत्रहरु ओझेलमा परेका हुन् । संरक्षण र प्रचार प्रसारको अभावमा बैतडी लगायत सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय क्षेत्र ओझेलमा परेका स्थानीयले बताएका छन् । विकास बजेटमा राजनीतिक भागबन्डाले पर्यटकीय क्षेत्रको विकास हुन नसकेको स्थानीयहरुको आरोप छ ।

बैतडीका विभिन्न क्षेत्रमा पर्ने प्राकृतिक सुन्दरताले भरिएका डाडा पाखा र धार्मिक रुपमा पुरातात्विक महत्व बोकेका मन्दिरहरु संरक्षणको अभाव जिर्ण भएको स्थानियबासिन्दाहरुले बताएका छन् । बैतडी धार्मिक पर्यटनको मुख्य गन्तव्य बनाउन सकिने सम्भावना भए पनि त्यसअनुसार लगानी हुन नसकेको बैतडी तल्ल्वोराडका बिनोद महताको भनाई छ । पाताल भूमेश्वर गुफा, गणेश धुरा, धौलकाडा क्षेत्र, कोटपेटरा, रौलेश्वर, त्रिपुरा सुन्दरी , देहीमाण्डौ भगवती, उदयदेव पाटन, उदयदेव कफाडी, श्री ग्वाल्लेक केदार, मेलौली भगवती, शिवनाथ, श्री केदार बाबा, शर्माली र उदयदेव गा वि स को सिमानामा रहेको करिब एक हजार मिटर अग्लो तोली गाड झरना, फलाम खानी, चुनढुङ्गा खानी, सिसा खानी लगायत थुप्रै खानीहरु छन ।

त्यसैगरी छलिया, फाग, धुमारी, देउडा गीत, लोक देउडा, इत्यादी तर प्रचारप्रसार र संरक्षण संवर्धनको अभाव र सरोकारवालाहरुको उदासिनता र स्वार्थमा लिप्त रहने हुदा यी यस्ता सम्पदाहरुमा कसैको ध्यान र चासो गएको छैन त्यसैले सबै सम्पदाहरु ह्रास हुन सक्ने अवस्था सिर्जना भएको स्थानीय निर्दोष महताको भनाई छ सुदुर पश्चिम का कतिपय पर्यटकिय स्थलहरुको अनुसन्धान जारी छ भने कतिपय क्षेत्रमा भगौलिक विकटताका कारण पुग्न सकिएको छैन । पर्यटन क्षेत्रका विकास र प्रवद्र्धन गर्न सम्बध पक्षले पर्यटकिय गतिविधि र पुर्वाधारहरु खडा गर्न सके जिल्लामा पर्यटन व्यवसायले फट्को मार्न सक्ने सम्भावना रहेको स्थानीयले बताएका छन् ।यसै गरी कञ्चनपुर को गडविजला,झिलामिला ताल, प्यारा ताल , कैलालि का घोडाघोडि ,लगायत अन्य थुप्रै स्थान हरु प्रचार, प्रसार को अभाव मा ओझेल मा परिरहेका छन

naima expoTop Changing Nepal

युट्युब सट्स