पूर्व नवयुवराज ह्रदयेन्द्र शाहको व्रतबन्ध
जानकारी केन्द्र
२०७३, चैत्र, १७
पूर्व नवयुवराज ह्रदयेन्द्र शाहको व्रतबन्ध बिहिवार निर्मल निवासमा सम्पन्न भएको छ । निर्मल निवासमा निजी समारोह भएको हुनाले मिडियालाई अनुमति थिएन ।व्रतबन्धपछि परम्परा अनुसार ह्रदयेन्द्र हनुमानढोका दरबार नजिकै रहेको मरु गणेशस्थान ९अशोक विनायक०मा पूजाका लागि पुगेका थिए । नारायणहिटी दरबारमा सर्नुअघि हनुमानढोका दरबारमा शाह वंशका राजाको निवास थियो ।ह्रदयेन्द्रलाई छाता ओढाएर मरु गणेशस्थान ल्याइएको थियो।
राजतन्त्र समर्थकहरु त्यहाँ नेपालको राष्ट्रिय झण्डासहित उपस्थित भएका थिए। तर ह्रदयेन्द्रका हजुरबुबा पूर्व राजा ज्ञानेन्द्र, हजुरआमा पूर्व रानी कोमल, पिता पूर्व युवराज पारस र आमा पूर्व युवराज्ञी हिमानी त्यहाँ देखिएनन्। व्रतबन्धको पार्टी पूर्व राजपरिवारले चैत २४ गते सोल्टी होटलमा आयोजना गर्दैछ। पार्टीमा राष्ट्रपति, उपराष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीहरु लगायत विशिष्ट अतिथिलाई पनि निम्तो बाँडिएको छ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


