कांग्रेसका केन्द्रिय सदस्य नेता कण्डेलको गाडि दुर्घटनाग्रस्त
जानकारी केन्द्र
२०७४, जेष्ठ, ५
रबिन्द्र यादव / जेष्ठ ५ , परासी ।।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको गाडि दुर्घटना ग्रस्त भएको छ । उँहाले प्रयोग गर्नुहुने बा १५ च ८१८५ नम्बरको स्कर्पीयो गाडि सडकबाट अनियन्ति भई छेउमा रहेको केही रुख र बांसको कोठीमा ठोक्किदा दुर्घटना आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी गाडि चालक अलाउद्दिन अन्सारी घाईत्ते भएका छन् भने गाडिको अगाडिको भाउजीङ्ग भाग पुर्ण रुपमा ध्वस्त भएको छ ।
उँहाको निवास महेशपुरवाट आफ्नै पेट्रोल पम्प सरावल ४ मंगलापुर ईन्धन लिन जाने क्रममा दुर्घटना भएको नेता कण्डेलले फोन मार्फत जानकारी गराउनु भएको छ । यद्धपी नेता कण्डेल भने उक्त समयमा गाडिमा सवार नरहेको बताउनु भएको छ । हाल भुतहां परासी सडक खण्ड निर्माणधिन रहेको छ भने अहिले सो बाटोमा साना ग्रेभेल ओछ्याईएको छ ।
साना ग्रभेलका कारण गाडि अनियन्त्रित भएको प्रत्यक्ष दर्शिहरुले बताएका छन् । दुर्घटनामा परी ३५ वर्षिय चालक अंसारी सामान्य घाईत्त भई सदरमुकाम परासीमा उपचाररत रहेका छन् । दुर्घटना स्थल उँहाको निवाश महेशपुरवाट करीब २ किलोमिटर उत्तरमा रहेको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


