Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

अभियान मल्टीडियाको आयोजनामा शैक्षिक मेला सम्पन्न

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, जेष्ठ, २१
अभियान मल्टीडियाको आयोजनामा शैक्षिक मेला सम्पन्न

अभियान मल्टीडियाको आयोजनामा शैक्षिक मेला सम्पन्न अभियान मल्टिमिडियाको आयोजनामा हेटौँडामा सम्पन्न शैक्षक मेलाको करिब ५ हजार विद्यार्थीले अवलोकन गरेका छन् । दुईदिन सम्म चलेको मेलाको उद्घाटन हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबहादुर महत गरेका थिए । जेठ १९ र २० गते सम्पन्न मेलाले हेटौडालाई शैक्षिक गन्तव्यका रुपमा पहिचान स्थापित गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाले बताएका छन् ।

उद्घाटनका क्रममा हेटौँडा उपमहानगरपालिकालाई शैक्षिक हब बनाउने प्रयासमा आफुहरु रहेको बताएका मेयर महतले आगमी दिनमा पनि यस्तो मेलालाई निरन्तरता दिन आवश्यक रहेको औँल्याएका छन् । शैक्षिक परामर्श केन्द्रहरुले विद्यार्थीहरुलाई विदेशको मात्र नभई नेपालको समेत शिक्षाको विषयमा जानकारी प्रदान गर्न सके स्वदेशी शिक्षाको महत्व बढ्ने महतको तर्क थियो । मेला आयोजना गरेको अभियान मल्टिमिडियालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता शैक्षिक मेलाको आयोजना गर्नुपर्ने र त्यसका लागि आफु सहयोग गर्न तयार रहेको अभियानका अध्यक्ष मिन अधिकारीले बताए ।

मेलामा सहभागि हुन हेटौँडा पुगेका नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का केन्द्रीय सचिव देविदाश भट्टराईले आफुहरुले नेपाली शिक्षाको पनि प्रचार गरेको बताए । उनले परामर्शले मात्र नेपाली शिक्षाको महत्व नबढ्ने भएकाले शैक्षिक गुणस्तर बढडाउन र पढेपछिको अवसर सृजना गर्नमा राज्यले ठोस कदम चाल्न आवश्यक रहेको बताए । अभियान मल्टिमीडियाका अध्यक्ष मिन अधिकारीका अनुसार शैक्षिक मेलाका सम्बन्धमा हेटौडा क्षेत्रका शिक्षाप्रेमी, समाजसेवी, राजनीतिज्ञ, पत्रकार, विद्यार्थी, अभिभावक लगायतले खुशी व्यक्त गर्दै आगामी दिनमा यस्ता मेला आयोजना गर्नुपर्नेमा जोड दिएका छन् ।

अभियान मल्टिमिडियाले पहिलो पटक गरेको शैक्षिक मेलाको स्थलको रुपमा मकवानपुरको हेटौँडा सहरलाई छानेकोमा पनि सबैले आभार व्यक्त गरेका थिए । पछिल्लो समय हेटौडाले राष्ट्रिय रुपमा शैक्षिक गन्तव्य बन्ने सम्भावना देखाउँदै गएकाले त्यसका लागि पृष्ठपोषण होस् भन्ने मनसायले हेटौँडामा मेला गरिएको आयोजक मिन अधिकारीले बताएकाा छन् । अभियान मल्टिमिडियाले शैक्षिक मेला गर्न लागेको मकवानपुर जिल्लाको हेटौँडा शैक्षिक गन्तव्यको रुपमा उदाउँदै गरेको सहर हो । यस क्षेत्रमा स्वदेशी अर्थात नेपालकै निजी लगानीकर्ताले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेका छन् । मेलामा हेटौडामा संचालित कलेजहरु तथा हेटौडा र काठमाण्डौका कन्सल्टेन्सी गरी गरी करिब ५० वटा शिक्षण संस्थाको सहभागिता रहेको थियो ।roshan pokharel roshan

Top Changing Nepal

युट्युब सट्स