Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

कुन जिल्लाका क–कसले पाए ट्याक्सीको नम्बर प्लेट ?(नामावली सहित)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, असार, ८
कुन जिल्लाका क–कसले पाए ट्याक्सीको नम्बर प्लेट ?(नामावली सहित)

 

काठमाडौं, असार ८—सरकारले १४ जिल्लाका भूकम्पपीडित परिवारलाई ट्याक्सी नम्बर वितरण सुरु गरेको छ । यातायात व्यवस्था कार्यालयले हिजोदेखि चिठ्ठा ९गोलाप्रथा० गरी ट्याक्सी वितरण गरेको हो ।

ललितपुरको च्यासल फुटबल मैदानमा बुधबार पहिलो चरणमा विभागले काभ्रे, नुवाकोट र रामेछापका भूकम्पपीडितलाई गोलाप्रथाका आधारमा नम्बर वितरणको हो ।विभागका अनुसार काभ्रेमा २०१, रामेछापमा १६५ र नुवाकोटमा १२५ भूकम्पपीडितले ट्याक्सी नम्बर पाएका छन् ।

विभागले बिहीबार दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका भूकम्पपीडितका लागि छुट्याइएका ५१३ ट्याक्सी नम्बरको गोलाप्रथाद्वार वितरण गर्दैछ । विभागले शुक्रबार काठमाडौँ, भक्तपुर, ललितपुर मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका भूकम्पपीडितलाई वितरण गरिनेछ ।

भूकम्पपीडितलाई वितरण गरिने ट्याक्सीका लागि सरकारले नै सहुलियत दरमा कर्जाको समेत व्यवस्था गरेको छ । तर भूकम्पपीडितले पाउने नयाँ ट्याक्सी भने काठमाडौं महानगरपालिका क्षेत्रमा चलाउन पाउने छैनन् । काठमाडौं महानगरपालिकाले थप नयाँ ट्याक्सी चलाउन नदिने निर्णय गरेको हो ।

काभ्रे जिल्लाबाट ट्याक्सीको नम्बर प्लेट पाउनेहरुको नामावली

रामेछापबाट ट्याक्सीको नम्बर प्लेट पाउनेहरुको नामावली

 

नुवाकोटबाट ट्याक्सीको नम्बर प्लेट पाउनेहरुको नामावली

साभार http://www.recentnepal.com बाट

Top Changing Nepal

युट्युब सट्स