विश्व युवा दिवशको अवशरमा ललितपुर, भैंसेपाटीका युवाले यसरी गरे सरसफाइ
जानकारी केन्द्र
२०७४, श्रावण, २८
ललितपुर,
आज बिश्व युवा दिवसको अवसरमा ललितपुर महानगरपालिका सैबु भैसिपाटी वडा नड्ढ २५ का कालिका जटाकालि युवा समूहले “आफ्नो गाउँ ठाँउ आफै सफा गर्नु पर्छ बिकासका काम आफै बाट थालनी गर्नु पर्छ” भन्ने नारा सहित ३५ – ४० जाना को युवा समूह मिलेर कालिका मन्दिर , जटा काली मन्दिर , स्थानीय चोक , सडक छेउ किनार र आसपासका ठाँउहरु को सरसफाइ गरि जन मानष लाइ सरसफाइ सम्बन्धी चेतना दिने कार्य गरेको छ ।
उक्त कार्यमा युवा समुहको हातेमालोलाइ महिला सामज सेवि तथा उद्धमी मीना केसि ले साथ दिएकि थिइन । “कलिका जटा काली युवा समुह ” मा अावध्द कार्यक्रम संयोजक श्री हरि सुवेदीले “ हामी युवा लग्यौ भने असम्भब भन्ने काम नै हुदैन , आफु बस्ने गाउँ टोलको जिम्मा आफैले लिने हो अरुले गर्देला कि भनेर आश गर्नु बेकार छ । कसैले केही गर्दैनन् , गर्ने हाम्लेनै हो ” भन्दै नयाँ पीडिलाइ हैशला दिदै थिए । उनले थप स्पष्ट पार्दै भने ।
“कसैले अनैतिक कार्य गर्छ भने अब चुप लागेर बस्नु हुन्न , आवाज उठाउनु पर्छ , हामी सरसफाइ मात्र होइन, आफ्नो ठाउमा राजनैतिक आड्मा बिगो बदमासी हुन पनि दिदैनौ” । यस्ता समाज परिवर्तनका काम स्थनिय तह बाटै प्रतक्ष जन सहभागितामा मात्रै संभव हुने भएकोले भैसे पाटिका युवाहरूको जस्तै सबै तिर बाट विकासका काममा युव सक्रियता हुनुपर्ने देखिन्छ ।

सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

