Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

नवलपुर एफ.एमको चौथो वार्षिक उत्सव सम्पन्न ।

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, भाद्र, ९
नवलपुर एफ.एमको चौथो वार्षिक उत्सव सम्पन्न ।

कावासोती ,

नवालपरासीमा अवस्थित नवलपुर एफ.एम.१०४.७ मेगाहर्जको चौथो वार्षिक उत्सवको अवशरमा संगितकार एव सहित्यकार लाई सम्मान गरिएको छ । कावसोती स्थायि घर भएका अहिलेका चिर्चित संगितकार हरि लम्साललाई नवलपुर संगित सम्मान तथा चर्चित वाल गित “म्याउ म्याउ विरालो”का रचनाकार दिपक सोतिलाई सम्मान गरिएको हो ।

कला र सात्यिका क्षेत्रकाला एक उक जानलाई वार्षिकरुपमा सम्मान गर्ने रेडियोको वार्षिक नीति अनुसार प्रमाण पत्र र नगद ५ हजार सहित द्धय लम्साल र सोतीलाई सम्मान गरिएको नवलपुर एफ.एम.का प्रवन्ध निर्देशक तिर्थराज भुसालले वजाउनु भयो । नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी उदय वहादुर रानाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको कार्यक्रममा नवलपुर जिल्लाका राजनीतिक दल,स्थानीय संघसस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो । तिजकै दिनवाट प्रसारण सुरु गरेको रेडियोले तिजलाईनै वार्षिक उत्सवका रुपममा मनाउदै आएको छ ।

वार्षिक उत्सवकै अवशर पारेर रेडियोका दुइ कर्मचारी नारायाण प्रभु (भुर्तेल) र शोभा गुरुङलाई सम्मान गरिएको थियो । एफ.एमले वार्षिक उत्सवको अवसर पारी विभिन्न रचनात्मक कार्यक्रमहरु गरेको छ । एफ.एमले टि.भि,फ्रीज,साइकल,सिलाइ मेसिन सामाग्री उपाहार वितरण गर्दै मिलाने तिज महोस्तव २०७४,वार्षिक उत्सवकै अवशर पारेर सप्ताहव्यापि रुपममा कावासोती बजार सरसफाई(जुन चौथो हप्तामा जारि छ), रक्तदान, विद्यालय स्तरिय तिज गीत तथा खुल्ला भजन प्रतियोगीता समेत गरेको थियो ।
कस्ता थिए त सम्मानित व्यक्ति ?
ंसंगीतकार हरि लम्साल
सधै मुस्काई रहने ओठ, चौडा निधार सधै चश्मामा सजिने , हसिलो अनुहार अनी अथाह कलाका धनी नवलपरासीका होनाहार संगितकार स्वरका पनि उतिकै धनी व्यक्तिको नाम हो हरि लम्साल ।
नवलपरासीको कावासोतीमा वि.स. ः२०३८ साल.माघ महिना ९गते बुबा खडानन्द लम्साल र आमा भिमा लम्सालको कोखबाट कावासोती ८ मा जन्मनु भएका संगीतकार हरि लम्सालले कावासोतीको शिव माबिबाट एस एल सी पास गर्नुभएको थियो । एस एल सी पछिको अध्ययन ललितकला क्याम्पसबाट सुरु गर्नुभएका लम्सालले क्लासिकल म्युजीक इलाहवादबाट गर्नुभएको उहाले स्ुगम संगीतमा डिप्लोमा भने इन्स्चीयुट अफ मोर्डन म्युजिक पुने भारतबाट पुरा गर्नु भएको हो गायक बन्ने सुरले काठमाडौं हानिनु भएका लम्साल, , तर संगीतकार वन्नु भयो । अहिले उहाँ अब्बल संगीत सर्जकको रुपमा चिनिनु हुन्छ ।
उहाँ व्यावसायिक बजारमा त चलेका छन् नै, ‘रिकग्निसन’ को हिसाबमा पछाडि छैनन्।
यसै वर्ष नातिकाजी युवा लोकप्रिय पुरस्कार पाएका उनले कामना फिल्म अवार्डको क्रिटिक्स अवार्ड पनि जित्नु भयो ।
हरिले संगीत भरेको नजाऊ टाढा‘ बोलको गीत पहिलो इन्डियन आइडलमा दोस्रो भएका राहुल वैद्यले गाएपछि उनको सांगीतिक ‘करिअर’ चम्किएको थियो ।
त्यो उनको पहिलो अल्बमको गीत थियो । त्यसपछि आनन्द कार्कीको स्वर रहेको गजल किन कुर्नु साँझ आखिर पिउनै परेपछि‘ को संगीत हरिको ‘करिअर’ मा अर्को कोसेढुंगा सावित भयो ।
उनको संगीतको अर्को गीत कस्ले सुरुआत गर्योे होला‘ पानीको फोका जस्तै.. ले हरिलाई पनि संगीतकारको नयाँ उँचाइमा पुर्याायो लम्सालले झण्डै ७ सय गीतमा संगीत भरेका छनतर सांगीतिक क्षेत्रमा व्यवसायिक रुपले २०६१ देखि लाग्नु भयो ।
लम्सालल २०५६ सालमा संगीत सिकेका थिए । २०५८ सालदेखि गीतमा संगीत भर्न सुरु गरे ।
यसरी उठेका हरिले प्रसिद्ध गायक फत्तेमानको जीवनको अन्तिम दिनहरूमा सहकार्यको अवसर पाउनुभयो ।रेकर्ड गर्दागर्दै फत्तेमानको निधन भए पनि हरिले पाँच गीत संग्रहित अल्बम अधुरो मन ल्याउनु भयो । जसमा उहाँको एकल संगीत छ ।
दुई दर्जन एकल अल्बमका संगीत सर्जक हरि एक दर्जन चलचित्रका संगीतकार हुन् ।

एकपछि अर्को सिर्जनामार्फत नेपाली संगीत क्षेत्रमा लोभलाग्दो पहिचान बनाउनु भउको छ । यस्ता होनहार संगित श्रजक ,संगितकार,गायक तथा अत्यन्य मृदुभाषि मिलनसार व्यक्तित्वको परचय छ हरि लम्सालको

साहित्यकार दिपक सोती
अत्यन्य मृदुभाषि मिलनसार अनी चर्चित साहित्य सर्जक हुनुहुन्छ दिपक सोती
जन्म ः वि . स २००६ साल साउन ११ गते
जन्म स्थान ः लम्जुङ जिल्लाको कुन्छा गाविस खमारीबोट सोति गाँउ
पिता ः स्व. नित्यानन्द सोती
माता ः स्व. नन्द कुमारी सोति
सोतीले नेपाली साहित्य मा आफ्नो स्थान उच्च बनाएको पाउन सकिन्छ ।
नवलपरासीमा रहेर लामो समय देखि नेपाली साहित्य को उननयन मा लागेका वरिष्ठ साहित्यकार दिपक सोति हाल कावासोती १२ शान्ति टोल स्थित कवि सोति को निवासमा बस्नु हुन्छ ।
औपचारिक शिक्षा को रूपमा एसएलसी पास गरेका सोति का मेरि मर्स्याङदी, मेरि आमा रुदि हुन, जगदम्बा गीति काव्य, समालोचक शोक काव्य, सारस्वत पल्ल्व, गरिमा कविता रुपरेखा, गोरखा संसार आदि तथा विभिन्न पत्र पत्रीका मा फुटकर रचना प्रकाशित छन ।

Top Changing Nepal

युट्युब सट्स