घोटालाको आरोप लागेका आयल निगमका कार्यकारी निर्देशक खड्का पदच्यूत
जानकारी केन्द्र
२०७४, आश्विन, २
काठमाडौं, २ असोज । सरकारले करिब डेढ अर्ब रुपैयाँ अनियमितताको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
आपुर्तिमन्त्री शिवकुमार मण्डलले प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकमा पेस गरेका थिए छ । संसदीय समिति र मन्त्रालयको अध्ययनबाट इन्धन भण्डारणका लागि भैरहवा, चितवन, झापा र सर्लाहीमा करिब चार गुणा बढी मूल्य तिरेर अनियमितता गरेको विभिन्न अनुसन्धान प्रतिवेदनले पुष्टि गरेपछि सरकार खड्कालाई कारबाही गर्ने अन्तिम निष्कर्षमा पुगेको थियो ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले खड्कालाई पदबाट च्यूत गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

