Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

संसारबाट बिदा भइन् बाल कलाकार काजल नेपाली

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, आश्विन, २१
संसारबाट बिदा भइन् बाल कलाकार काजल नेपाली

काठमाडौं । बाल कलाकार काजल नेपालीले यो संसारबाट सदाका लागि विदा लिएकी छन् । बिहिबार राती अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालमा उनकाे मृत्यु भएको हो । नेपाली गीत सङ्गीत क्षेत्रमा बाल कलाकारको रुपमा अभिनय गर्दै आएकी काजल बिरामी भई अस्पताल भर्ना भएकी थिइन ।

२०६८ साल देखि म्युजिक भिडियोहरुमा अभिनय यात्रा शुरु गरेकी काजलले पछिल्लो समय कमल खत्री र किशोरा अर्यालको गीत ‘सपना मिठो’ मा अभिनय गरेकी थिइन् । आउन पाइन घर यो दशैमा, खोला जस्तै हो रे चोला नि, धिङ्का ताका धिन, बैश गयो हासेर लगायत आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी काजल केहि वर्षदेखि फ्यान्कोनी एनिमिया रोगसँग लडिरहेकी थिइन् ।

बिजया दशमीको दिन कान्ती बाल अस्पताल भर्ना गरी उपचार गर्दै गरेकोमा अचानक बेहोस भएपछि त्यहाँ आईसियु बेड खाली नभएपछि अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालमा लगि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो जहाँ उनको बिहिबार राती मृत्यु भएको छ । काजल गायक तथा सामाजिक अभियन्ता रामजी नेपाली एवम् लोकप्रिय लोक गायिका कृष्णा परियारको जेठी छोरी हुन । न्यूज अभियान

Top Changing Nepal

युट्युब सट्स