रेखा थापा काठमाण्डौ क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने
जानकारी केन्द्र
२०७४, कार्तिक, ३
काठमाण्डौ, ३ कात्तिक । नायिका रेखा थापाले काठमाण्डौ क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष चुनाव लड्ने तयारी भइरहेको बताएकी छिन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नायिका थापाले केन्द्रिय संसदका लािग चुनाव लड्ने निश्चित भइसकेको बताएकी हुन् ।
२,३ वटा क्षेत्रबाट प्रस्ताव आइसकेकाले कहाँबाट लड्ने भन्ने निश्चित नभए पनि काठमाण्डौ क्षेत्र नम्बर ४ बाट लड्ने सम्भावना बढि रहेको थापाले बताइन् ।
“म पनि उठ्ने हो, गगनजी पनि उठ्नुहोला, अरु कोही पन उठ्लान् । तर कोही व्यक्तिसँग प्रतिस्पर्धा गर्न नभै जनताको मन जित्नका लागि चुनाव लड्ने हो ।” थापाले भनिन् ।
कलाकारको रुपमा आफू सबैको साझा भए पनि एजेण्डा र झुकाबका हिसाबले कुनै एउटा दलमा आवद्ध भएको थापाको तर्क छ । थापाले आफु राष्ट्रवादी पार्टीमा आबद्ध भएको बताइन् ।
थापा अहिले पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा आबद्ध छिन् ।
बरिष्ठताका आधारमा कमल थापा र पशुपतिशमशेर राणाबिच तुलना हुन नसक्ने थापाको तर्क छ । उनले पशुपति शमशेर राणा सच्चा राष्ट्रवादी भएको बताइन् ।
जनताको चाहना अनुसार आफु गणतन्त्रवादी वा राजतन्त्रवादी जे पनि बन्न सक्ने थापाको भनाई छ । हिन्दुराष्ट्रको सवालमा पनि जनताले जे चाहन्छन् त्यही कुरा अगाडि सार्ने थापाको भनाई छ ।
समय र पार्टीको एजेण्डा अनुसार नेपालको राजनीतिमा पार्टी परिवर्तन आवश्यकता रहेको थापाले बताइन् । समय आएपछि आफूले जनताको हितमा काम गर्ने दाबी थापाले बताइन् ।
चलचित्र रुद्रप्रियाले दर्शकको मन जितेको दाबी गर्दै थापाले नेपालको समसामयिक अवस्थाको चित्रण गरेको बताइन् ।
लक्ष्मीपूजाको दिन रिलिज गरिएको रुद्रप्रिया कम्तिमा एक हप्ता हाउसफुलका साथ चल्ने नायिका थापाले बताइन् ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


