बामदेव गौतम सँग लड्दैछन गौतम
जानकारी केन्द्र
२०७४, कार्तिक, १२
कात्तिक १२, काठमाण्डौ । बर्दियाबाट प्रतिनिधीसभाको प्रत्यक्ष निर्वाचनमा दुइै गौतमबिचमा भिडन्त हुने भएको छ । बर्दिया क्षेत्र नम्बर १ बाट नेकपा एमालेका बामदेव गौतम र नेपाली कांग्रेसका संजय गौतम उम्मेदवार बन्ने भएका छन् । एमालेले उपाध्यक्ष बामदेवलाई उठाउने तयारी गरिरहँदा कांग्रेसका नेता संजयले आफु पनि गृहजिल्ला बर्दिया १ बाट नै चुनाव लड्ने स्पष्ट पारेका हुन् ।
आइतबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा नेता संजयले बामदेव गौतमलाई आफूले पराजित गर्ने दाबी समेत गरे । बामदेव गौतमलाई संकेत गर्दै संजयले भने, “राम्रै मान्छेसँग प्रतिस्पर्धा हुँदैछ । जनताले मलाई जिताउनेछन् ।”
त्यस क्षेत्रका जनता र माटोसँग आफू दशकौँदेखि खेल्दै आएको बताउँदै नेता संजयले त्यस क्षेत्रका जनताको चाहना र आवश्यकता बुझेको बताए ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


