सरकारी कर्मचारीलाई ठगी मुद्दामा ६ महिना कैद सजाय
पूर्णप्रसाद न्यौपाने/माघ २६, ओखलढुंगा । जिल्ला कृषि विकास कार्यालय ओखलढुंगा अन्र्तगत खिजीफलाटे कृषि सेवा केन्द्रका तत्कालीन प्रमुख सिंहेश्वर महतोलाई जिल्ला अदालत ओखलढुंगाले कृषकलाई ठगी गरेको अभियोगमा ६ महिना कैद र २० हजार रुपैंया जरीवना हुने फैसला गरेको छ ।
महतोले कृषकसँग विभिन्न वहानामा धोका दिइ गफलतमा पारी ठगि गरेको ठहर गर्दै जिल्ला न्यायधीश कैलाश केशीको इजलाशले उक्त फैसला गरेको हो ।
सेवा केन्द्रमा कार्यरत रहँदा अलैचि खेति गर्ने कृषकहरुलाई तालिम सञ्चालन गर्ने भनि कृषि वन तथा वातारण समितिबाट १० हजार, तरकारी खेति गर्न योजना पारि दिने बहानामा विभिन्न व्यक्तिसँग २ हजारका दरले १० हजार समेत गरी २० हजार रकम लिएको देखिएकाले मुलुकी ऐन ठगी महलको ४ नम्बर अनुसार ६ महिना कैद र विगो अनुसार जरीवाना हुने फैसला भएको जिल्ला अदालत ओखलढुंगाका श्रेस्तेदार तीर्थराज भट्टराईले बताए ।
महतोले आफु कार्यालय प्रमुख भएको समयमा शान्तबहादुर तामाङसँग २ हजार, अर्जुन वस्नेतसँग २ हजार, सोमबहादुर तामाङसँग २ हजार र मानबहादुर खड्कासँग ४ हजार र तत्कालीन रावादोलु कृषि वन तथा वातावरण समितिबाट १० हजार गरी २० हजार रकम असुलेका थिए ।
कृषकहरुले आफुहरुलाई धोका दिइ गफलतमा पारी ठगि गरेको भन्दै ०७३ भदौ २१ गते ठगी मुद्दा गरेका थिए । जिल्ला अदालत ओखलढुंगाले सो मुद्दामा सुनुवाइ गर्दै माघ १७ गते उक्त फैसला गरेको थियो । महतो हाल सप्तरी जिल्लामा कार्यरत रहेका छन् ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


