सलमान खान नेपाल आउने कार्यक्रम रद्ध !! कारण भने यस्तो छ
काठमाण्डौ । बलिउड अभिनेता सलमान खानको नेपालमा आयोजना हुन लागेको कार्यक्रम रद्ध भएको छ ।
नाशकारी भूकम्पपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण र राजनीतिक स्थायीत्वपछि नेपाल शान्त छ भन्ने सन्देश दिने उद्देश्यले आयोजना गर्न लागिएको दबंग द टूर कार्यक्रम विप्लव माओवादीको धम्कीका कारण रद्ध गरिएको आयोजकले जनाएको छ ।
विप्लव समूहको जनसांस्कृतिक संगठनले सलमान खानको सहभागितामा हुने कार्यक्रम गरिए जे पनि हुनसक्ने भन्दै चेतावनी दिंदै विज्ञप्ति जारी गरेपछि असुरक्षाको कारण देखाउँदै खान नआउने भएका स्रोतको दाबी छ ।
‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा आयोजना हुने तयारी गरिएको थियो । टुँडिखेलमा हुने शोमा सलमानको साथमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने कार्यक्रम थियो ।
सलमान खान उपस्थित हुने कार्यक्रम रद्ध भएसँगै नेपालको बिषयमा गलत छवि पुनः एकपटक अन्तराष्ट्रिय जगतमा फैलिएको आयोजकहरुको भनाई छ ।
बिज खबर बाट
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


