चलचित्र “अनुराग” को गित आज सार्वजनिक, यस्तो छ गित
जानकारी केन्द्र
२०७५, जेष्ठ, ४
निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको चलचित्र ‘अनुराग’को युटुब च्यानल ओ यस आर डिजिटल मार्फत सार्वजनिक भएको छ । “यस्तो साथी तिम्रो बन्छु म…” बोलको गित उत्कृष्ट बनेको निर्देशक चौलागाईंले बताएका छन् । गीतलाई सरोज पोखरेलको संगीतमा अन्जु पन्त र सुगम पोख्रेलले गएका छन भने निर्देशक चौलागाईको आफ्नै शब्द रहेको छ । बिक्रम स्वारको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा नायिका एलिजा गौतम र नायक समुन्द्र पण्डितले फिचर गरेका छन् । उक्त गीतलाई टेकेन्द्र शाहले सम्पदान गरेका छन्. ।
फिल्म ‘अनुराग’को वर्ष २०७५ को श्रावण २५ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।
‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ ।साथै फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो।चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुति रहेको ‘अनुराग’ फिल्ममा भरत गौतम र गीता भेटवाल को लगानी रहेका छ । उक्त फिल्ममा लाइन प्रोडुसर दिपक गौतम रहेका छन भने निर्माण नियन्त्रकका रुपमा नविन पुरी रहेका छन् | फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।
[su_youtube url=”https://www.youtube.com/watch?v=NThPiWCtASc” width=”920″ height=”880″]
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


