Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

चलचित्र विकास बोर्ड अध्यक्ष निकिताको पद खोसियो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, असार, २५
चलचित्र विकास बोर्ड अध्यक्ष निकिताको पद  खोसियो

काठमाडौं, २५ असार

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारको पालामा चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएकी निकिता पौडेलको पद सरकारले खारेज गरेको छ ।बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले भदौ १४ देखि फागुन २ सम्म देउवाको सरकारबाट भएका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको थियो ।

जस अन्तर्गत आइतवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न निकायका अध्यक्ष र पदाधिकारीसहित १५ जनालाई नियुक्ति बदरको पत्र थमाएको छ ।  नियुक्ति बदरको पत्र पाउनेमा बोर्ड अध्यक्ष निकितासँगै सदस्य विजय देउजा, सेन्सर बोर्डका सदस्य उमेश खड्का र देवीराम पराजुली छन् ।

निकिता १५ वर्ष लामो बोर्डको इतिहासमा पहिलो महिला अध्यक्ष हुन् । बोर्ड अध्यक्षमा उनी गएको वर्षको मंसिर २५ गते नियुक्त भएकी थिइन् । राजनीतिक नियुक्ति हुने बोर्ड अध्यक्षको कार्यकाल २ वर्षको हुन्छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स