Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

विदेशबाट आउनेलाई विमानस्थलबाटै ‘निःशुल्क बस सेवा’ सुरु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, आश्विन, २५
विदेशबाट आउनेलाई विमानस्थलबाटै ‘निःशुल्क बस सेवा’ सुरु

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंलाई लक्षित गरी ७ दिने निशुल्क बस सेवा सुरु गरेको छ । उक्त निशुल्क सेवा हिजो बुधबारदेखि सुरु भएर असोज २३ गते सम्मको लागि हुनेछ । निशुल्क बस सेवाको रुट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भई रिङरोड परिक्रमा गर्नेछ ।

‘निःशुल्क बस सेवा’ वैदेशिक रोजगारीका लागि विदेशिने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित गरी दशैं मनाउन विभिन्न देशहरुबाट स्वदेश फर्किने यात्रुहरुलाई सहयोग पुगोस भन्ने भावना सहित सो सेवा सुरु गरिएको हो ।

बुधबार बस सेवा उद्घाटन कार्यक्रममा कम्पनिका प्रबन्ध निर्देशक चन्द्र टन्डन, कम्पनिका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल (धुर्मुस) र नेपाल आइडल सिजन २ का ११ जना टप फाइनलिस्ट हरुले संयुक्त रुपमा रिबन काटि यो सेवा सुरु गरेका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स