Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

मालपोतमा सरलीकृत फारम शुरु, अब लेखनदास नचाहिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, आश्विन, २७
मालपोतमा सरलीकृत फारम शुरु, अब लेखनदास नचाहिने

ललितपुर। सरकारले भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सेवाग्राहीको कामलाई सहज बनाउन ‘सरलीकृत फारम’ को व्यवस्था गरेको छ।

भूमिसम्बन्धी सेवाग्राहीको कामलाई सहज, सुलभ र पारदर्शी बनाउने उद्देश्यले सरकारले मंगलबारबाट भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सरलीकृत फारम सेवा शुरु गरेको हो।

ललितपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा एक कार्यक्रमबीच सेवा शुरु गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा अर्यालले जनतालाई सहज, सुलभ र पारदर्शी ढङ्गले भूमिसम्बन्धी सेवा उपलब्ध गराउन यो कदम चालेको बताइन्।

३४ वटा भूमि सुधार तथा मालपोत कार्यालयहरुमा एकसाथ शुरु गरिएको सरलीकृत फारम आमनागरिकले पनि भर्न सक्ने गरी व्यवस्था गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए।

मन्त्रालयले एक वर्षभित्र १ सय ५ वटै भूमि सुधार तथा मालपोत कार्यालयमा सो सरलीकृत फारमको व्यवस्था गर्न लागिएको पनि जनाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले एक वर्षभित्र सबै भूमि सुधार तथा मालपोत कार्यालयहरुमा अनलाइन सेवा सञ्चालनमा ल्याउने महत्वकांक्षी योजना यसअघि नै सार्वजनिक गरिसकेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स