७ सालअघिको फैसला अझै कार्यान्वयन नहुनु , रहस्य त यस्तो पो रहेछ
जानकारी केन्द्र
२०७५, मंसिर, १२
काठमाण्डौ । नेपालको अदालती प्रक्रिया यति सुस्त छ कि एउटा मुद्धा किनारा लगाउन वर्षौँ लाग्छ । फैसला भएका मुद्धा पनि कार्यान्वय हुन नसक्ने समस्या छ । २००७ सालमा तत्कालीन इकाइ र प्रधान न्यायालयबाट फैसला भएका करिब २ सय मुद्दा अझै कार्यान्वयनमा आउन सकेका छैनन् । अहिले पनि ९६ हजार ६ सय ७३ वर्ष २ महिना ६ दिन कैद असुल हुन सकेको छैन ।
सरकारवादी फौजदारी मुद्धाको फैसला कार्यान्वयनको स्थिति निकै कमजोर छ । अदालतले फैसला गरेका मुद्धा कार्यान्वयन प्रभावकारी बनाउनका लागि न्यायालयको तेस्रो पञ्च वर्षिय रणनीतिक योजनामा फैसला कार्यान्वयन निर्देशनालय सञ्चालन गरिएको छ । तर यो पनि उस्तै छ ।
सर्वोच्च, पुनरावेदन र जिल्ला अदालतबाट अन्तिम फैसला भएका करिब साढे ५ हजार मुद्दा कार्यान्वयन हुन नसक्दा ८ अर्ब ८ करोड ६२ लाख ८८ हजार ७ सय २४ जरिवाना रकम र ९६ हजार ६ सय ७३ वर्ष २ महिना ६ दिन कैद असुल हुन सकेको छैन । सामान्य चोरी–डकैती अभियोगदेखि ज्यान मार्ने अभियोग प्रमाणित भएका २००७ सालदेखिका मुद्दा कार्यान्वयन हुन सकेका छैनन् । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयका अनुसार तीन तहका अदालतबाट फैसला भएका ५ हजार ४ सय ४२ थान मुद्दा अझै कार्यान्वयन हुन सकेका छैनन् ।
२००७ सालमा तत्कालीन इकाइ र प्रधान न्यायालयबाट फैसला भएका करिब २ सय मुद्दा अझै कार्यान्वयनमा आउन सकेका छैनन् । २००७ सालदेखि ०६८ सालसम्म विभिन्न अदालतले लाखाँै मुद्दामा ८ अर्ब ८५ करोड ९७ लाख ७९ हजार ५ सय १ रुपियाँ जरिवाना तोकेको थियो । गत बर्ष २ अर्ब ४९ करोड ९१ लाख १३ हजार जरीवाना असुल भएको छ । जरिवानाको ६० प्रतिशतभन्दा कम असुल–उपर भएको तथ्यांक सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयमा छ ।
त्यसैगरी, अदालतले ६३ वर्षयता विभिन्न मुद्दाका दोषीलाई १ लाख २२ हजार ३ सय २५ वर्ष ४ दिनको कैद सजाय तोकेको थियो । अदालतले तोकेको कैद वर्षमध्ये २४ हजार ६ सय ५१ वर्ष २८ दिन मात्र असुल भएको छ । सर्वाेच्च अदालतले फैसला कार्यान्वयन र सुरक्षाका लागि भन्दै करिब हजारको संख्यामा न्यायिक प्रहरी युनिट गठन गर्न सरकारसँग माग गरेको थियो ।
तर, न्यायिक युनिट कसको मातहतमा राखी सञ्चालन गर्ने भन्ने विषयमा गृह मन्त्रालय र न्यायालयबीच कुरा नमिल्न वर्षांैदेखि गठन प्रक्रिया अलपत्र परेको छ । दण्डहिनताको अवस्था अन्त गर्न भन्दै १० वर्षअघि सर्वोच्च अदालतअन्तर्गत फैसला कार्यान्वयन निर्देशनालय गठन गरियो तर अवस्था सुध्रिएको छैन ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


